दोलखामा भैरबकुमारी जात्रा आजदेखि

 शम्भु गौतम     ३२ श्रावण २०७६, शनिबार

दोलखा

ऐतिहासिक तथा पौराणिक नगरी दोलखामा परम्परागत रुपमा चल्दै आएको भैरब कुमारीको जात्रा आज रातीबाट सुरु हुँदैछ ।
बाजागाजाको तालमा भैरब र कुमारीसहितको समुह युद्धको शैलीमा नाच्ने रोचक जात्रा आजदेखि सुरु हुन थालेका हो । जात्रा हेर्न जिल्लाका विभिन्न स्थानबाट पौराणिक सहर दोलखा आउने गर्दछन् ।
हरेक वर्ष गाईजात्राको भोलिपल्टदेखि षष्टीको दिनसम्म रातभर लाग्ने यो जात्रामा ब्रत बसे मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । विभिन्न मनोकाङ्क्षाका साथ ब्रतालु नारीहरुले राती पुजापाठ गरेपछि सुरु हुने नाचमा भैरब र कुमारीको दर्शन गर्ने र प्रसाद ग्रहण गर्नेहरुको भीडले जात्रास्थल खचाखच हुने गर्दछ । पा“चसय वर्ष पुरानो मानिने यो जात्रा दोलखा बजारबाहेक देशको अन्य ठाउ“मा नदेखाइने दावी स्थानीयहरुको छ ।
गुठी पुजारीका अनुसार द्धापर युगमा दोलखा बजारको टोलटोलमा कुमारीले दुःख दिन थालेपछि उनीहरुलाई शान्त पार्दै मानवमाथि कल्याण होस् भनेर यो जात्रा प्रारम्भ गरिएको हो । तान्त्रिक विधि गरेर सुरु गरिने जात्रा निकाल्नुपूर्व ब्रत बस्ने महिलाहरु दिनभर निराहार ब्रत बसी टासिचाटोलको गुठीघरमा भेला हुन्छन् । सा“झ परेपछि बुढी आमा, भैरब, कुमारी लगायत सेनामेनाहरु सिँगारेर लहरै बस्छन् । पुजाको विधि सकिएपछि सिगारिएर बसेका मकुण्डोधारी र अन्यलाई दर्शन गरी दक्षिणा चढाएपछि ब्रतालुहरुले खाना खाने चलन छ । भैरब र कुमारी विभिन्न सेनामेनासहित भै युद्धको शैलीमा दोलखाको विभिन्न टोलहरुमा पाँच दिनसमम्म परिक्रमा गर्ने प्रचलन छ ।

फाइल फोटो

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।