घाइते अवस्थामा भेटिएका युवकको मृत्यु

 शम्भु गौतम     ३२ श्रावण २०७६, शनिबार

दोलखा
घाइते अवस्थामा भेटिएका दोलखा भीमेश्वर नगरपालिका ४ जिलूका अन्दाजी २२ वर्षका पवन बस्नेतको मृत्यु भएको छ । उनीे भीमेश्वर नगरपालिका ३ चरिघ्याङ स्थित गडीडाँडा नजिकै घाइते अवस्थामा भेटिएका थिए ।
शनिबार विहान करिब साढे १० बजेको समयमा उक्त स्थानबाट सिकिस्त घाइते अवस्थामा उद्धार गरी चरिकोट अस्पताल पु¥याइएका उनको मृत्यु भएको हो । उपचारका लागि अस्पताल पु¥याइएका उनको मृत्यु भएको चरिकोटका अस्पतालका डाक्टरले मृत्यु भएको जानकारी दिएका थिए ।
सदरमुकामस्थित पानोरामा रिसोर्टका कर्मचारी चन्द्रकला तामाङ फुलमा पानी हाल्न जाने क्रममा पवनलाई चर्पी नजिकै छटपटाइरहेको अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरिकी थिइन् ।
खबर पाए लगतै प्रहरी सहायक निरीक्षक महेश आचार्य सहित दुई जनाको टोली घट्ना स्थलमा पुगी घाइते बस्नेतलाई उद्धार गरी उपचारका लगिएको थियो ।
प्रहरी सहायक निरीक्षक आचार्यका अनुसार बस्नेतको दायाँ हातको नाडीमा धारिलो हतियारले काटिएको जस्तो ठुलो चोट लागेको छ । उक्त स्थानबाट पवनलाई नग्न अवस्थामा फेला पारिएको पनि प्रसनि आचार्यले जानकारी दिए ।
करिब डेढ रोपनी जग्गामा संर्घष गरिएको विभिन्न चिनोहरु रहेकोले युवकलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको हुन सक्ने आशंका प्रहरीको छ । बस्नेत फेला परेका ठाउँको आसपास रगतका दाग भेटिएको छ भने, छाता र प्यान्ट समेत फेला परेको छ ।
जिल्ला प्रहरी कार्यलय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक मान बहादुर राईले भने घट्ना शंकास्पद रहेको बताए । उनले अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिसकिएको बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।