निजामती दिवसमा ५८ जनाद्वारा रक्तदान

 शम्भु गौतम     २१ भाद्र २०७६, शनिबार

दोलखा

निजामती सेवा दिवसको अवसर पारेर दोलखा कर्मचारी मिलन केन्द्रले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान कार्यक्रमको सुरुवात दोलखा कर्मचारी मिलन केन्द्रका अध्यक्ष भिष्म न्यौपानेले गरेका थिए । भीमेश्वर नगरपालिकाको सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए ।
दोलखा जिल्ला रेडक्रस सोसाइटीको संयोजनमा भएको रक्तदान कार्यक्रममा नेपाली सेनाको तारा दल गणले भौतिक व्यवस्थापन गरेको थियो । प्राविधिक सहयोग भने दोलखा सामुदायिक अस्पताल र च्छोरोल्पा अस्पतालले गरेका दोलखा कर्मचारी मिलन केन्द्रका अध्यक्ष तथा कोलेनिका दोलखाका प्रमुख कोष नियन्त्रक भिष्म न्यौपानेले जानकारी दिए ।

sdr

dav

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।