Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

दोलखा,  ४ फागुन माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा सर्वसाधरणको सेयर नउठ्दा मासिक साँढे २ करोडभन्दा बढी व्ययभार बढेको छ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा सर्वसाधरणको २५ प्रतिशत अर्थात २ अर्ब ६४ करोड ७५ लाख लगानी हुन्छ । आयोजनामा सर्वसाधारणमा अहिलेसम्म शेयर संकलन भएको छैन । सर्वसाधारणको सेयर संकलन नहुँदा आयोजनाले ऋण थपेर आयोजना निर्माण गरिरहेको छ...
४ फाल्गुन २०७४, शुक्रबार १६:२४
चरिकोट, १ फागुन चरिकोटमा रहेको एनसेल टावरमा आगोलागी भएको छ । चरिकोट पानारोमा रिसोर्ट छेऊमा रहेको एनसेल टावरमा आगोका कारण टावर कन्ट्रोल रुमका सम्पूर्ण उपकरण जलेर नष्ट भएका छन् । सोमबार राती आगोेलागी भएको हाे । करिब १० बजेतिर एक्कासी आगोलागी भएको देखेको पानोरोमा रिर्सोटका एक कर्मचारीले जानकारी दिए । ११ बजेतिर प्रहरी आएर आगो […]
१ फाल्गुन २०७४, मंगलवार १४:५२
ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण खाडीचौर–चरिकोट निर्माण पूरा गर्ने समयमा ५० प्रतिशतमात्र भौतिक प्रगति भएको छ । सडक विस्तार योजना निर्माण पूरा गरी हस्तान्तरण गर्ने समयमा पछिल्लो समय कामको गति सुस्त भएको हो  । सडक विस्तारको काम सुस्त भएर यात्रुले सास्ती भोग्नु परेपछि आयोजना व्यवस्थापन पक्ष र निर्माण व्यवसायी पक्षबीच भएको संवाद कार्यक्रममा सडक...
२५ माघ २०७४, बिहीबार ११:२२
दोलखा, २३ माघ उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले माथिल्लो तामाकोसी जलविद्युत आयोजना समयमै पूरा हुने बताए । ठेकेदार कम्पनीका कारण आयोजना समयमा पूरा नहुने हो कि भन्ने आशंका भइरहेका बेला मंगलबार आयोजना निरीक्षणमा आयोजनास्थल आएका मन्त्री थापाले आयोजना समयमै पूरा गरेर सफल पार्नु सबैको दायित्व भएको बताए । ४५६ मेगावाटको निर्माणाधिन माथिल्लो तामाकोसी...
२३ माघ २०७४, मंगलवार १६:३२
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले २ अर्ब ६४ करोडबराबरको सेयर जारी गर्ने तयारी गरेको छ । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म सेयर जारी गर्ने तयारी गरेको हो । माघ अन्तिमसम्म धितोपत्र बोर्डको स्वीकृति आइसक्ने र फागुन अन्तिमदेखि चैतको पहिलो हप्ताभित्र सेयर संकलन गर्ने आन्तरिक तयारी रहेको...
२३ माघ २०७४, मंगलवार ०९:४६
दोलखा, १४ माघ दोलखा क्षेत्र नं. १ बाट निर्वाचित प्रदेश सभा सांसद विशाल खड्का चढेको गाडी भीमेश्वर नगरपालिका वडा नं. १ सुस्पाक्षमावतीमा दुर्घटना भएको छ । आइतबार साँझ कालिञ्चोक गाउँपालिका वडा नं. ३ र गौरीशंकर गाउँपालिका वडा नं. २ जोड्ने पिखुतीमा निर्माणाधिन पक्कि पुलको निरीक्षणपछि चकिोट फर्कदा दुर्घटनामा परेको हो । डिभिजन सडक कार्यालय चरिकोटको […]
१५ माघ २०७४, सोमबार १३:३४
हालै स्वीकृत प्रदेश आर्थिक कार्यविधि ऐनको नमुना मस्यौदाले प्रदेशमा सरकारी ढुकुटी प्रदेश लेखा नियन्त्रकको कार्यालयले सञ्चालन गर्ने तोकेको छ । मस्यौदाअनुसार हरेक प्रदेशमा १ असारका दिन अर्थमन्त्रीले आगामी आवको बजेट प्रदेश सभामा पेस गर्नेछन् । यसरी विनियोजन ऐन वा पेस्की खर्च ऐन जारी भएपछि खर्च गर्न अधिकारी प्राप्त कार्यालयले वार्षिक कार्यक्रमको आधारमा...
१५ माघ २०७४, सोमबार १०:०८
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलविद्युत विकासमा लगानीमैत्री नीति निर्माण गर्न र त्यसलाई कार्यान्वयन गर्न सरकार सफल हुने विश्वास व्यक्त गरेकी छिन्। इनर्जी डेभलपमेन्ट काउन्सिल नेपालले आयोजना गरेको ‘नेपाल पावर इन्भेस्टमेन्ट समिट–२०१८’ को शनिवार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राकृतिक स्रोतको बहुउपयोगबाट मात्रै देश विकास सम्भव भएको...
१४ माघ २०७४, आईतवार ०९:४१
भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गर्दा माथिल्लो तामाकोसी जलिवद्युत् आयोजना समयमै सम्पन्न नहुने जोखिम बढेको छ । राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् आगामी मंसिरबाट राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने योजना छ । तर, भारतीय कम्पनी टेक्सम्याको रेल्ल एन्ड इन्जिनियरिङले निर्धारित समयमा काम नगर्दा आयोजना सम्पन्न हुन कठिन...
११ माघ २०७४, बिहीबार ०९:१९
पुनर्निर्माणका लागि विश्व बैंकले दिने ४४ अर्ब रुपैयाँको ऋण सम्झौता भएको छ । भूकम्पपछिको आवास पुनर्निर्माण, घरपालुवा जनावरको नवप्रवर्तन र प्राविधक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने ऋण लगानी गरिने विश्व बैंकले जनाएको छ । तीन कार्यक्रमका लागि छुट्टाछुट्टै सम्झौता भएको हो । आइतबार अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी...
८ माघ २०७४, सोमबार १०:५०