चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सवभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गर्नुभएको छ । सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ । चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो पुल निर्माण गरेको छ । समुद्रमाथि निर्मित यो पुल ५५ किलोमिटर लामो छ । चीनका राष्ट्रपति
दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाभन्दा बाहिर रहेको संरक्षण केन्द्रमा आजभोलि सिंहका दुईवटा बच्चा फुर्तीका साथ खेलिरहेको देख्न पाइन्छ । तर यी बच्चाहरु विशिष्ट किसिमका छन् । “यी बच्चाहरु कृत्रिम गर्भाधानबाट जन्माइएका हुन् । विश्वमै यो पहिलो प्रयोग हो,” प्रिटोरिया विश्वविद्यालयले घोषणा गरेको छ । यो विश्वविद्यालयका वैज्ञानिकहरु पोथी अफ्रिकी सिंहको प्रजनन प्रणालीबारे अध्ययन गरिरहेका छन् ।
भूटानको निर्वाचन आयोगले आगामी अक्टोबरमा आम निर्वाचन गर्ने घोषणा गरेको छ । उक्त निर्वाचनपूर्व भूटानमा राजनीतिक पार्टीको मान्यता पाएका चार दलमध्ये आगामी सेप्टेम्बर १५ मा पहिलो चरणको निर्वाचन हुनेछ जसबाट दुईवटा दलमात्र अर्को चरणका लागि चयन भएर आउने छन् । भूटानमा राजाको सहमतिमा निर्वाचन आयोगका प्रमुखले टेलिभिजन कार्यक्रममार्फत निर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ ।
भारत पूणेका श्रिधर चिललले १४ वर्षको उमेरदेखि नै आफ्नो बायाँ हातका औंलाको नङ पाल्न सुरु गरेका थिए। उनी अहिले ८२ वर्षका भए, जसले एउटा हातको लामो नङको विश्व रेकर्ड राख्न सफल भएका छन्। चिलल भारतबाट अमेरिका उडे र बुधबार न्यूयोर्कमा एक समारोहबीच सानो फलाम काट्ने मेसिन नै प्रयोग गरी आफ्नो नङ काटे। न्यूयोर्कस्थित टाइम्स स्क्वायरले
उनले हवाइ परिचारिकाको काम राष्ट्रपति ड्वाइट आइजनहावर हुँदा सुरु गरेकी थिइन्। अहिले यो पेसा अपनाएको ६० वर्ष पूरा भएको छ र उनी ८१ वर्ष पुगेकी छन्। अझै सेवानिवृत्त हुने उनको कुनै योजना छैन। उनी हुन् अमेरिकन एयरलाइन्सकी विमान परिचारिका बेट्टी नास। सन् १९५७ मा यो पेसामा प्रवेश गरेकी उनी अझै पनि ३० हजार फिटमाथि आफ्नो
एजेन्सी । आजकल सबै देशहरुमा अर्गानिक खेती गर्ने प्रचलन बढ्दै गएको छ । दिर्घकालीन खेती गर्न संसारभरका किसानहरु विभिन्न तरिका अपनाइरहेको पाइन्छ । यसै बीच हालैमा अमेरिकामा खेती गर्नका लागि एउटा अचम्मको उपाय लगाइएको छ । त्यस्तै अमेरिकी किसानहरुले गाईको पेटमा प्वाल पार्ने अचम्मको प्रविधि अपनाउन थालेका छन् । यो तरिका अपनाउनुको कारण पनि निकै अनौठो
कृष्ण दर्नाल/पाल्पा, १२ माघ । सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन । पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालेका छन् । कुखुराको
एजेन्सी– विश्वमा एउटा यस्तो पनि देश छ जुन दुई पिल्लरले टिकेको छ । जुन देशमा जम्मा २७ जना मानिस बस्छन् । इंग्ल्याण्डको साफोल्स समुन्द्री तटबाट १० किलोमिटर टाढा रहेको यो देश विश्वको सबैभन्दा सानो देश हो । जुन समुन्द्री किल्लाको दुई पिल्लरले टिकेको छ । जसको नाम सील्याण्ड हो । यस देशको राष्ट्रपति, प्रधानमन्त्री
काठमाडौं । एउटै रुखमा ४० वटा फल फलेको देख्नुभएको छ ? पक्कै पनि देख्नुभएको छैन होला । तर एउटा यस्तो रुख पनि छ जसमा ४० फल फल्दछन् । यस्तो कसरी संभव भयो त ? भिजुअल आर्टका अमेरिकी प्रोफेसर साम भान एकेनले एउटा यस्तो रुख बनाएका छन् जसमा विभिन्न प्रकारका ४० वटा फलफूल लाग्ने गर्दछन् ।
जापानले अब रेल यातायातमा अविश्वसनीय प्रविधिको विकाश गर्दैछ । अब जापानले बनाएका त्यस्ता रेलहरु निकट भविष्यमा लिकमा दौडिनेछन् जसलाई हामीले आँखाले देख्न सक्नेछैनौँ । टेलिग्राफ पत्रिकाका अनुसार सन् २०१८ बाटै यस्ता अदृश्य रेल संचालनमा ल्याउने जापानको योजना छ । यो अदृश्य रेलको डिजाइन विश्वचर्चित जापानी डिजाइनर काजुयो सेजिमाले गरेकी हुन् । जापानको सेइबु ग्रुप कम्पनीले