बोलेरो दुर्घटनामा बालिकाको मृत्यु, ५ घाइते

दोलखा भीमेश्वर नगरपालिका २ सोक्लामा बोलेरो दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । आज बिहान करिब ८ बजे भीमेश्वर नगरपालिका २ सोक्लामा बा १४ च ७६७ नं को बोलेरो दुर्घटना हुँदा ९ वर्षकी रोशनी ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएकी

१० रोपनीमा लगाइएको गाँजा खेती नष्ट

दोलखा अवैध रुपमा करिब १० रोपनी जग्गामा गरिएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहभागितामा भीमेश्वर नगरपालिका १ सुस्पाक्षमावतीमा लगाइएको गाँजा खेती नष्ट गरिएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागू औषध प्रयोग, ओसारपसार, दुव्र्यसन रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले भीमेश्वर नगरपालिका १ को विभिन्न स्थानमा गरी

भोलिदेखि दोलखाको जिरीमा सडक खाना महोत्सव, मेलुङमा आलु महोत्सव

दोलखा दोलखा जिल्लाका दुईवटा पालिकामा भोलिदेखि छुट्टाछुट्टै महोत्सवको आयोजना गरिएको छ । सुन्दर पर्यटकीय नगरी जिरीमा नेपाल भ्रमण वर्षको पूर्वसन्ध्या पारेर सडक खाना महोत्सवको आयोजना गरिएको छ भने मेलुङ गाउँपालिकाले पनि भोलिदेखि नै आलु महोत्सव गर्दै छ । पर्यटन वर्ष २०२० लाई लक्षित गरी युवा सञ्जाल जिरीले जिरी नगरपालिकाको लिंकन बजारमा खाना महोत्सव आयोजना गरेको

प्रहरी दिवसमा दोलखाका ९ प्रहरी सम्मानित

दोलखा ६४ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दोलखाले उत्कृष्ठ कार्यगर्ने ९ जना प्रहरी अधिकृत र जवानहरुलाई पुरस्कृत गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले आज आयोजना गरेको प्रहरी दिवसमा उत्कृष्ठ प्रहरीहरुलाई सम्मानका साथै अमर प्रहरीका परिवारलाई समेत सम्मान गरेको हो । आज आयोजित कार्यक्रममा उत्कृष्ठ कार्य गर्ने जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक

दोलखामा आज खड्ग जात्रा मनाइँदै

दोलखा ऐतिहासिक दोलखा बजारमा परम्परागत रुपमा मनाउने गरिएको खड्ग जात्रा आज मनाइँदै छ । बडा दशैँको टीकाको भोलिपल्ट अर्थात आज दिनभर यो जात्रा मनाउने गरिन्छ । सेतो दौरा, सेतो जामा र सेतै फेटा पहिरी जमाराको माला लगाई, खड्ग हातमा लिएर बजारको विभिन्न भागमा युद्धको शैलीमा नाच्दै यो जात्रा मनाइन्छ । बृद्ध तथा युवाहरु दोलखा बजारको

ट्रक दुर्घटनामा चालकको मृत्यु

दोलखा दोलखा सदरमुकाम चरिकोटमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बा ५ ख ८८५८ नं को ट्रक दुर्घटनामा सोही ट्रकका चालक विजय तामाङको मृत्यु भएको हो । आज दिउँसो करिब २ बजे चरिकोटस्थित च्छोरोल्पा अस्पताल अगाडि अक्सिजन ग्यासको सिलिन्डर लोड गर्ने क्रममा अचानक ट्रक गुड्दा भएको दुर्घटनामा सोही ट्रकका चालक तामाङको मृत्यु भएको

जेसिबीको ठक्करबाट बालकको मृत्यु

दोलखा दोलखाको बिगु गाँउपालिका वडा नम्बर ८ चिलंखाको झोरुङ सोरुङ साङ्वा सडक खण्ड मर्मतको क्रममा जेसिवी दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ । शनिवार बेलुका बा ३ क १२०६ नम्बरको जेसिवीले किच्दा सोरुङमा ब्यवसाय गर्दै आएका रमेश खड्काका चार वर्षीय छोरा रोजन खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी

प्रदेश ३ को पहिलो बालमैत्री नगर भीमेश्वर (फोटो फिचरसहित)

दोलखा बाल दिवसको अवसर पारेर दोलखा जिल्लाको भीमेश्वर नगरपालिकालाई प्रदेश ३ को पहिलो बालमैत्री नगर घोषणा गरिएको छ । भीमेश्वर नगरपालिकाले विभिन्न ३९ वटा सूचकहरु पूरा गरेकोले बालमैत्री नगरपालिका घोषणा गरिएको हो । ‘ऐतिहासिक धार्मिक र सांस्कृतिक धरोहर, सुनिश्चित बाल अधिकार समृद्ध भीमेश्वर’ भन्ने मूल नारा सहित दोलखाको भीमेश्वर नगरपालिका प्रदेश नम्बर ३ कै पहिलो

निजामती दिवसमा ५८ जनाद्वारा रक्तदान

दोलखा निजामती सेवा दिवसको अवसर पारेर दोलखा कर्मचारी मिलन केन्द्रले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमको सुरुवात दोलखा कर्मचारी मिलन केन्द्रका अध्यक्ष भिष्म न्यौपानेले गरेका थिए । भीमेश्वर नगरपालिकाको सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए । दोलखा जिल्ला रेडक्रस सोसाइटीको संयोजनमा भएको रक्तदान कार्यक्रममा नेपाली सेनाको तारा दल गणले भौतिक

कार बगाउँदा एकको मृत्यु, २ घाइते

दोलखा दोलखा जिल्ला चरिकोट – सिँगटी सडकस्थित सुन्द्रावती खोलाले गए राति एउटा कार बगाउँदा कारमा सवार एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सिँगटीबाट चरिकोट आउँदै गरेको बा १९ च ४३९० नं को कार गत मध्यरात सुन्द्रावती खोलाले बगाउँदा तामाकोशी ३ का २४ वर्षीय अनिश पोखरेलको ज्यान गएको जिल्ला प्रहरी