भीेमेश्वर नगरको मुख्य बजारक्षेत्रमा स्मार्ट सडक बत्ति जडान

नवराज शिवाकोटी असोज,१४ चरिकोट/भीमेश्वर नगरपालिकाको मुख्य शहरी क्षेत्रमा स्मार्ट सडक बत्ति जडान कार्य सम्पन्न भएको छ । भीमेश्वर नगरपालिका तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा नगरपालिकाको मुख्य शहरी क्षेत्रमा स्मार्ट सडक बत्ति जडान कार्य सम्पन्न भएको हो । मंगलवार साँझ भीमेश्वर नगरका मेयर ईश्वर नारायण मानन्धरले स्मार्ट सडक बत्तिको उद्घाटन गरेका हुन् । ठेक्का कबोल

घाइते चितुवाको उद्दार

चरिकोट/ भीमेश्वर नगरपालिका वडा नम्बर आठको जंगलमा घाइते अवस्थामा रहेको चितुवाको उद्धार गरिएको छ । घाइते चितुवालाई बुधवार विहान डिभिजन बनकार्यालयबाट गुप्त बहादुर बस्नेतको नेतृत्वमा गएको प्राविधिक टोलिले उद्धार गरेको हो । घाइते अवस्थामा चितुवा रहेको जानकारी कार्यालयलाई प्राप्त भएपछि चितुवाको उद्धार गरिएको डिभिजन वन कार्यालयका प्रमुख थिरबहादुर कार्कीले जानकारी दिए ।वन कार्यालयमा ल्याई पशु

डिभिजन वन कार्यालयद्वारा स्वच्छता तथा सरसफाई अभियान संचालन गर्न डस्टविन सहयोग

नवराज शिवाकोटी असोज,१२,दोलखा डिभिजन वन कार्यालय, दोलखाका जिल्लाका तीन बजार क्षेत्रलाई कुहिने र नकुहिने फोहोर संकलन गर्न डस्ट विन सहयोग गरेको छ । स्वच्छता तथा सरसफाई अभियान संचालनमा सहयोगका लागि कार्यालयले सो सहयोग गरेको हो । सदरमुकाम चरिकोटका विभिन्न स्थानमा कुहीने र नकुहिने फोहोर राख्नकालागि एक सय वटा तथा जिरी नगरकालागि असी र सिँगटी बजारकालागि

बाग्मती प्रदेश गौरवको योजनामा दोलखाको जिरी ताल समावेश

असोज,७ चरिकोट/दोलखाको जिरी नगरपालिकामा निर्माणकालागि प्रस्तावित जिरी तला प्रदेश गौरवको योजनाका रूपमा समावेश गरिएको छ । बाग्मती प्रदेश सरकारले प्रस्तावित सो ताललाई प्रदेश गौरवको आयोजनाको रुपमा समावेश गरेको हो बिहीबार बसेको बाग्मती प्रदेश सरकारको बैठकले जिरीमा मानव निर्मित ताल निर्माण गर्ने योजनालाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गर्ने निणर्य गरेको बाग्मती प्रदेश सरकारका वन तथा

ऐतिहासिक ढुङ्गे धारा राइतिको जिर्णोद्वार सम्पन्न

नवराज शिवाकोटी असोज,१ चरिकोट/प्राचिन ऐतिहासिक नगरी दोलखामा रहेको ऐतिहासिक ढुंगेधारा राइतिको ऐतिहासिक ढुङ्गे धारा राइतिको जिर्णोद्वार सम्पन्नसम्पन्न भएको छ । बाग्मती प्रदेश सरकारको अनुदान तथा स्थानीय सहभागितामा ऐतिहासिक ढुंगेधाराको जिर्णोद्वार सम्पन्न भएको हो । बाग्मती सरकार खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय अन्तर्गतको खानेपानी महाशाखा मार्फत प्राप्त ५० लाख तथा स्थानीयबाट ५ लाख श्रम सहित ५५

शैलुङ गाउँपालिका ५ मा गोल्मा राजा ,रानीको मूर्ति स्थापना

भाद्र,२८ चरीकोट/शैलुङ गाउँपालीका वडानम्बर ५ ,गोल्मा डाँडामा  गोल्मा राजा रानीको मुर्ति स्थापना गरिएको छ । घिभिजन वन कार्यलय मार्फत प्राप्त अनुदानबाट सो मुर्ति स्थापना गएिको हो । डिभिजन वन कार्यालयबाट सामाजिक विकास मन्त्रालय हेटौँडा मार्फत आएको ३० लाखमध्ये १५ लाख ४४ हजार रुपियाँमा यो मूर्ति स्थापना गरिएको उपभोक्ता समिति अध्यक्ष नवराज कार्कीले जानकारी दिए ।

चरिकोटमा ढल निर्माणको प्रगति सुस्त

नवराज शिवाकोटी चरिकोट भाद्र,२३ दोलखा/सदरमुकाम चरिकोटमा निर्माणाधिन ढल निर्माणको काम सुस्त देखिएको छ । दुई वर्षमा काम समाप्त गर्नेगरी ठेक्का लगाईएको अत्याधुनिक ढल प्रशोधन केन्द्र सहितको ढल निर्माणको भौतिक प्रगति एक वर्ष वित्दा करिब ३० प्रतिशत मात्र रहेका कारण निर्माण कार्य सुस्त देखिएको हो । शहरी खानेपानी तथा सरसफाई आयोजना (क्षेत्रगत ) अन्तर्गत निर्माणाधिन ढल

राप्रपा दोलखाद्वारा युवा मोर्चाद्वारा आयोजित विरोध प्रदर्शनमा गरिएको प्रहरी दमनको भत्सना

भाद्र,२१ चरिकोट/राप्रपा दोलखाले मंगलवार प्रेस विज्ञप्ति प्रकाशित गरी आफ्ना कार्यकर्ताहरुले सोमबार गरेको विरोध प्रदर्शनमा प्रहरी गरेको लाठि चार्जको भत्सना गरेको छ । भ्रष्टाचार, महंगी, नागरिकता विधेयक फिर्ता लिनु पर्ने माग गर्दै राप्रपा निकट राष्टिय युवा मोर्चा ले सोमबार बेलुका निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरी लाठी चार्ज गरेकोमा राप्रपा दोलखाले प्रशासनको उक्त कदमको भत्सना गरेको

नेपाली काँग्रेस दोलखाद्वारा प्रतिनिधि सभा तथा प्रदेश सभाकालागि केन्द्र समक्ष उम्मेद्वारहरु सिफारिस

भाद्र,१७ चरिकोट/ नेपाली काँग्रेस जिल्ला कार्यसमिति दोलखाले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकोलागि केन्द्र समक्ष उम्मेद्वारहरु सिफारिस गरेको छ । नेपाली काँग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार शुक्रवार बसेको कार्य सम्पादन समितिको बैठकले उम्मेद्वारहरुको सिफारिस गरिएको हो । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दोलखा जिल्लामा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा खुल्ला तर्फ उम्मेद्वार बन्न एक

राप्रपाद्वारा कालिञ्चोक गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न

भाद्र,१६ चरिकोट/राप्रपा दोलखाले कालिञ्चोक गाउँपालिकामा विहिवार प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन लाई लक्षित गर्दै राप्रपाले राप्रपाले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । कालिञ्चोक गाउँपालिकाबाट प्रशिक्षण कार्यक्रम शुरु गरिएको तथा आगामी दिनमा दोलखाका सबै स्थानीय तहहरुमा प्रशिक्षण कार्यक्रम संचालन गरिने राप्रपा दोलखाले जानकारी दिएको छ । राप्रपा दोलखाका अध्यक्ष राजनबहादुर