दोलखा, १७ सुरी अविरल वर्षाका कारण दोलखाको उत्तरी गाविस सुरी पहिरोको उच्च जोखिममा परेको छ । एक हप्तादेखि परेको अविरल बर्षाले ३ दिनअघि गएको पहिरोले सुरी ३ र ५ का २६ घर विस्थापित भएका छन् । पहिरोले सुरी ३ का दिनेश खड्का, चरित्र खड्का र लालकुमार खड्काको घर पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी
दोलखा, असार १६÷दोलखा जिल्लाका भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि लाभग्राहीहरुलाई रकम वितरण गर्ने सन्दर्भमा बैंकहरुलाई जिम्मेवारी तोकिएको छ । यसअघि कुनै गाविसमा २ देखि १२ वटासम्म बैंकहरु कार्यरत भएकोले विवाद भै रकम वितरण हुन नसकेमा बैंकहरुलाई विभिन्न गाविस तथा नगरपालिकाका वडाहरुमा जिम्मेवारी तोकिएको हो । तपााईँको गाविस वा नगरपालिकाको वडाहरुमा कुनकुन बैंकले रकम
डम्बर चौलागाई दोलखा, १६ असार – सडकको ठेक्का प्रतिस्पर्धामा कागज जुटाएर काम लिने तर समयमा काम नगर्ने निर्माण व्यवसायीका फर्मलाई कालो सूचीमा पर्ने भएका छन् । डिभिजन सडक कार्यालय चरिकोटले २०६८ असार मसान्तदेखि २०६९ चैत मसान्तसम्म ठेक्का सम्झौता भएका ९ वटा ठेक्काहरु रद्ध गरी कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ । सडक डिभिजनले पटक—पटक
दोलखा, असार १६/अविरल वर्षाका कारण दोलखाको उत्तरी गाविस सुरीमा पहिरोले ३ घर बगाएको छ भने ३० घर जोखिममा परेका छन् । पहिरोले सुरी ३ का दिनेश खड्का, चरित्र खड्का र लालकुमार खड्काको घर पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिएका छन् । पहिरोमा आफ्नो अस्थायी आवाससँगै सम्पूर्ण सम्पत्ति र चौपाया
दोलखा, असार १५/विगतका वर्षहरुमा झैँ यसपालि पनि दोलखामा राष्ट्रिय धान दिवस मनाइएको छ । यस वर्ष सुन्द्रावती गाविसको कटुवाचौरस्थित खेतमा १३ औँ राष्ट्रिय धान दिवस मनाइएको हो । जिल्ला कृषि विकास कार्यालयको आयोजनामा भएको राष्ट्रिय धान दिवसको अवसरमा वरिष्ठ कृषि विकास अधिकृत नारायण श्रेष्ठले नेपालको प्रमुख बाली धान भए पनि यथेष्ठ उत्पादन गर्न र व्यवसायिकरण
असार १५ लाई सरकारले धान दिवसको रुपमा देशभर मनाइ रहेको छ । मानो रोपेर मुरी फलाउने दिनको रुपमा चिनिने असार १५ मा दहीच्यूरा खाएर पनि मनाउने नेपाली संस्कृति छ । दहीलाई शुभ साइतको कामको रुपमा लिने गरिन्छ । तर पर्यटकी नगरी जिरीबासीहरु यसपालीको दहीच्यूरा खाँदै पर्यटन विकासको योजना बनाउन खावाडाँडा भेला भए । पानी र
२०७२ साल बैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पहरुबाट क्षतिग्रस्त निजी आवास भवनहरुको पुनर्निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराउने आवास अनुदानको लाभग्राही पहिचान गर्ने प्रयोजनका लागि केन्द्रिय तथ्याङ्क विभागद्वारा सञ्चालित “भूकम्प प्रभावित आवास पुर्निर्नर्माण लगत संकलन कार्यक्रम” अन्तर्गत संकलित तथ्याङ्कहरुको विश्लेष्ण सूची: (झ्याँकु, गौरीशंकर र लामाबगर बाहेक) गाविस स्तरीय विवरण: (सम्वन्धित गाविसमा click गरी विवरण
दोलखा, असार १२÷नेपाल रेडक्रस सोसाईटी दोलखा शाखामा तालाबन्दी भएको छ । शाखा कार्यालय दोलखामा आर्थिक पारदर्शिता नभएको भन्दै स्थानीय राजनीतिक दल, नागरिक समाज लगाएतले आइतवार तालाबन्दी गरेका छन् । नेपाल रेडक्रस दोलखा शाखामा भएको अनियमितता छानविन तथा सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालय तथा केन्द्रीय कार्यालयमा समेत निवेदन दिँदा समेत वास्ता नगरेको भन्दै आज कार्यालयमा तालाबन्दी
दोलखा, असार १२÷विनासकारी भूकम्पले आवास गुमाई विपतमा परेकाहरुलाई लक्षित गरी नेपाली सेनाको रणभीम गणले दोलखाको जिरीमा निर्माण गरेको सामुहिक आवास भवन हस्तान्तरण गरिएको छ । रणभीम गणका गणपति मधुसुदन नरसिंह राणाले दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीलाई आज भवनको चावी हस्तान्तरण गरेका हुन् । त्यसको लगत्तै सभासद् पार्वत गुरुङलेरिवन काटेर भवनको उद्घाटन गरेका थिए
दोलखा, १० असार/शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको मूल्याङ्कन शैक्षिक गुणस्तरका आधारमा गर्नुपर्ने बताए । अहिलेसम्म शिक्षक राजनीतिमा बढी सक्रिय हुँदा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किदा निजी विद्यालयप्रति आकर्षण बढेको उनले बताए । दोलखा जिल्लालाई पूर्ण साक्षर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नयाँ शिक्षा ऐन आएसँगै पार्टीका झण्डा बोक्ने र नेता बनेकै आधारमा गरिने शिक्षकको