दश वर्षको अवधिमा चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल महाराजगञ्जले ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण गरेको छ । सो अस्पतालले नेपालमा पहिलोपटक २०६५ साउन २४ मिर्गाैला प्रत्यारोपण गरेको थियो । प्रत्यारोपण कार्यको नेतृत्व डा दिव्यासिंह शाहले गर्नुभएको थियो । उहाँलाई अष्ट्रेलियाली प्रा डा डेभिड फ्रान्सिसले सहयोग गर्नुभएको थियो । प्रत्यारोपण भएकामध्ये ८५ प्रतिशत पुरुष र १५
तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ? अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ । अझै अर्काे खुशीको कुरा त के छ भने हराएको या फुटेको मोबाइलबाट ‘डाटा’ या फाइल हराउने छैनन्, सबै भेटिने छन् । किनभने मोबाइल हराउनुअगावै तपाईंको मोबाइलका सबै
दोलखाबाट प्रदेश सभामा विजयी विशाल खड्का राम्रोसँग जुँगाको रेखी नबस्दै जनयुद्धमा होमिएका थिए । जनयुद्धकै क्रममा ०५५ सालमा उनी पक्राउ परे । जेलजीवनको ८ वर्ष उनले कठोर यातना भोग्नुपर्यो । व्यवस्था परिवर्तनका लागि लडेका विशाल प्रदेश सभामा दोब्बर मतले विजयी भए । माओवादी आन्दोलन, जेलजीवनलगायतका विषयमा उनले वीरेन्द्र ओलीसँग कुराकानी गरेका छन् : यसकारण परिवार
चिसोबाट थाकेका अंगलाई न्यानो प्रदान गर्नका लागि यस दिन घिउ, चाकु, तिल, तरुल, सखरखण्ड आदि खाद्यपदार्थ प्रसादका रूपमा प्रयोग गरिन्छ । माघे संक्रान्तिमा प्रयोग गरिने खाद्यपदार्थको फाइदा के छ त ? डा. केदार सेन्चुरी,वीर अस्पताल/डा. गोविन्द टन्डन,संस्कृतिविद् ऐतिहासिक कारण : मानिसको शरीर पञ्चतत्वले बनेको हुन्छ । घिउलाई सन्तुलित रूपमा प्रयोग गरेमा शरीरलाई ताप प्राप्त हुन्छ ।
कतिपय मानिसलाई जाडो महिनामा रुघाखोकीले सताउने गर्दछ। यसको उपचारका लागि एन्टिबायोटिक औषधीको प्रयोग गर्नुभन्दा घरेलु उपाय धेरै लाभदायक, सस्तो र प्रभावकारी हुन्छ। विभिन्न भाइरसले रुघाखोकी लाग्ने हुन्छ, जसमा ‘राइनो भाइरस’ ले प्रमुख भूमिका खेल्छ। रुघाखोकी लाग्दा नाकबाट सिंगान बगिरहने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो पनि आउने हुन्छ। रुघाखोकी निको पार्ने यस्ता छन् घरेलु
पानीपुरी र चटपटेमा गुणस्तरहीन तेल प्रयोग हुने गरेको प्रमाण फेला परेको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले मंगलबार अनुगमन गरी पानीपुरी र चटपेटमा राख्न लागि ठिक्क पारेको कुहिएको तेल बरामद गरेको हो । विभागको अनुगमन टोलीले चाबहिलस्थित भत्केको पुलछेउमा रहेको कवाडी पसलमा गुणस्तरहीन तेल पानीपुरी र चटपटेमा राख्न खरिद–बिक्री भइरहेको अवस्थामा भेट्टाएको हो ।
निद्रा लाग्नका लागि तपाईंले आफ्नो विगतलाई सम्झन सक्नुहुन्छ । सुत्ने समय त्यस्ता पुराना दिनको याद गर्न सक्नुहुन्छ, जसले तपाईंलाई रोमाञ्चित बनाउँछ । बाल्यकालका घटनाहरू पनि सम्झन सक्नुहुन्छ । यसो गर्दा आफू स्वप्न दुनियाँमा सयर गरेजस्तो लाग्छ । जुन सुखद निद्राको कारक बन्न सक्छ । निद्रा नपर्नुको कारण असुविधाजनक ओछ्यान पनि हुन सक्छ । असुविधाजनक ओछ्यानले
प्रतीक प्रधान ‘अगेनो द हेस्टिया’ भन्ने झम्सीखेलको एउटा रेस्टुराँमा एक जना डच पियानो वादकको लाइभ सोमा पुगेको थिएँ । मित्र दिपक सापकोटाले सोधे — “अस्ट्रेलियामा बस्ने दिपक खड्कालाई चिन्नुहुन्छ?” चिनेको त थिइन तर आफू सिडनीजाँदा पत्रकार हेमन्त काफ्लेले भेट्नका लागि फोनमा कुरा गराएको सम्झना ताजा भयो । त्यसबेला कुनै कारणवश हाम्रो भेट हुनसकेको थिएन ।
काठमाडौं । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन क्षेत्र निर्धाण गर्न गठन भएको आयोगले प्रतिनिधि सभाको निर्वाचन क्षेत्रको संख्या लगभग टुंगो लगाएको छ । आयोगले जनसंख्या र भूगोलका आधारमा पहिले कायम २४० निर्वाचन क्षेत्रलाई नयाँ संविधानको व्यवस्था अनुसार एक सय ६५ निर्वाचन क्षेत्र निर्धारण गरेको हो । आयोगले संख्या लगभग टुंगो लगाएको छ । आयोगका एक
भनिन्छ, सपनाले भावी दिनको संकेत गर्छ । धर्मशास्त्रहरुमा विश्वास गर्ने हो भने, कतिपय सपना त्यस्तो समयमा देखिन्छ, जुनबेला हाम्रो आत्मा र मस्तिष्क भगवानको समिपमा पुगेको हुन्छ । यस्तो बेला देखिने सपनाहरु जस्ताकोतस्तै मिल्छन् । वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरासँग सहमत छन् । वैज्ञानिकहरुले सपनालाई अवचेतन मनको कल्पनाको रुपमा व्याख्या गर्छन्