पत्रिकाको बार्षिकोत्सबमा सुनकोशी बस दुर्घटनाका साहसिक उद्धारकर्मी सोनाम सम्मानित

कात्तिक २०, सुकुटे, सिन्धुपाल्चोक । दोलखा जिल्लालाई कार्यक्षेत्र बनाएर विगत १२ बर्षदेखि निरन्तर प्रकाशित नवतरङ्ग साप्ताहिकले १३ औं बार्षिकोत्सव छिमेकी सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा सम्पन्न गरेको छ । बुधबार पत्रिकाले १३ औं बार्षिकोत्सब सभामार्फत गत आइतबार १७ गते शैलुङ्गेश्वरी यातायातको बा२ख ७२४५ नम्बरको बस दुर्घटनाका मृतकहरुलाई समवेदना र घाइतेहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छ

सुनकोशी बस दुर्घटनाका ७ मृतकको सामूहिक दाहसंस्कार

कात्तिक १९, चरिकोट । सिन्धुपाल्चोकको सुकुटेमा आईतवार भएको यात्रुबहाक बस दुर्घटनामा परी मृत्यु हुने मध्यका ५ जनाको मंगलवार बाह्रविसेको भोटेकोशीमा सामुहिक दाहसंस्कार गरिएको छ । मंगलवार बिहान दुर्घटनामा मृत्यु भएकामध्ये शैलुङ गाउँपालिका–५, काटाकुटीका ५ र वडा नम्बर ४ बागखोर मागा माईती भएको एक महिला र उनको छोरा गरी सात जनाको भोटेकोशीमा सामुहिक दाहसंस्कार गरिएको शैलुङ

काटाकुटीको सबै टोलमा सन्नाटा, गाडीको आवाजले पनि तर्सिन थाले आफन्त

कात्तिक १८, काटाकुटी, दोलखा । सोमबार दिउँसो २ बजे शैलुङ गाउँपालिका–५, काटाकुटीको विभिन्न टोलमा पुग्दा कोही कसैसँग बोलीरहेका थिएनन् । बस दुर्घटनामा काटाकुटीको हरेक टोलबाट कोही न कोहीको मृत्यु भएको थियो । काटाकुटीमा रहेको टिकट काउण्टरबाट आइतबार आफैँले टिकट काटेर पठाएको बा२ख ७२४५ नम्बरको बस चौतारा साँगाचोकगढी नगरपालिका–९ को सुकुटेस्थित सुनकोशीमा खस्दा आफन्त गुमाएकाहरुको आँखामा

१८ मृतकमध्ये दोलखाको मात्रै १५ जना, शोक प्रकट गर्न शैलुङ गाउँपालिका सोमबार बिदा

कात्तिक १८, दोलखा । सुनकोसी नदीमा यात्रुवाहक बस खस्दा मृत्यु भएका १८ जनामध्ये दोलखा जिल्लाको मात्र १५ जना परेका छन् । जिल्लाको पश्चिमी शैलुङ गाउँपालिकाको मात्र १४ जनाको मृत्यु भएकोमा शोक प्रकट गर्न भन्दै शैलुङ गाउँपालिकाले सोमबार विदा दिएको छ । गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालद्वारा एक शोक विज्ञप्ती प्रकाशित गरी विपत्तीको घडीमा सिङ्गो शैलुङ गाउँपालिका

भालुको आक्रमणबाट जिरीमा एक गम्भिर घाइते

कात्तिक १८, चरिकोट । जिल्लाको पूर्वी जिरी नगरपालिका–१, श्यामाको च्यबुकेका ७४ बर्षीय ज्येष्ठ नागरिकलाई भालुले आक्रमण गरी गम्भिर घाइते बनाएको छ । सोमबार बिहान करिब ६ बजे घरनजिक रहेको बारीमा हलोजुबा लिन गएका ७४ बर्षीय पदमबहादुर खड्कालाई एक्कासी जङ्गली भालुले आक्रमण गरी गम्भिर घाइते बनाएको प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए । भालुले खड्काको घाँटी,

सुनकोशीमा बस दुर्घटना :  मृतकको संख्या १८ पुग्यो, दोलखाको मात्रै १५ जना

कात्तिक १८, दोलखा । सुनकोसी नदीमा यात्रुवाहक बस खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ । १८ जनामध्ये दोलखा जिल्लाको मात्र १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ गइरहेको बा २ख ७२४५ नम्बरको बस आइतबार दिउँसो चौतारा साँगाचोकगढी नगरपालिका–९ को सुकुटेनजिकैबाट नदीमा खस्दा ६ बालबालिकासहित १८ जनाको मृत्यु भएको हो

सुनकोशी बस दुर्घटनाः १७ मध्ये ७ मृतकको सनाखत

कात्तिक १७ । दोलखाबाट काठमाडौं जाँदै गरेको शैलुङ्गेश्वर यातायातको बस दुर्घटनामा मृत्यु १७ मध्ये ७ जनाको सनाखत भएको छ । दुर्घटनामा १७ जनाको शब फेला परेको मध्ये त्रिपुरासुन्दरी गाउँपालिका–४, सिन्धुपाल्चोक जलजलेकी २७ बर्षिय चमेली श्रेष्ठ र उनकी ६ बर्षिय छोरी साइरानी श्रेष्ठ, भीमेश्वर नगरपालिका दोलखाकी २४ बर्षिय रन्जिता केसी, शैलुङ गाउपालिका–३ कि ५१ बर्षिय रत्नकुमारी

दोलखामा चोर पक्राउ गर्न नाराजुलुस

कात्तिक १७, चरिकोट । कालिञ्चोक गाउँपालिकाको सरकारी कागजात चोरी गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै आइतबार स्थानीयद्वारा नाराजुलुस गरी प्रहरी र प्रशासन कार्यालय घेराउ गरेका छन् । गाउँपालिकाको सरकारी कागजात चोरी मुद्दा १५ दिनसम्म दर्ता नगरेकोमा आपत्ती जनाउँदै मुद्दा दर्ता वा फिर्ताको नारा लगाउँदै वडाध्यक्षसहित स्थानीयद्वारा नाराजुलुस गरी प्रहरी र प्रशासन कार्यालय घेराउ गरेका

एनसेलको करछली विरुद्धमा राप्रपाले आन्दोलन गर्ने

३१ भाद्र, २०७६ काठमाडौंरएनसेलको करछली विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलन गर्ने राप्रपाका अध्यक्ष कमल थापाले बताएका छन् । राप्रपाको न्यायिक समितिद्वारा काठमाडौंमा आयोजित एनसेल प्रकरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले एनसेल प्रकरणले आर्थिक रूपमा देशलाई ठुलो घाटा पुर्याएको बताउँदै त्यसका विरुद्धमा राप्रपाले सडक र सदनमा आन्दोलन गर्ने बताएका छन् । देशमा ठुला ठुला भ्रष्टाचारको

मन्त्री परिषद्का १९ निर्णय, हुलाकका कर्मचारीको तलब बढ्यो

२७ भदौं २०७६ काठमाडौं/सरकारले हुलाक अन्र्तगतका डाक सेवामा काम गर्ने कर्मचारीको तलब बढाएको छ । सरकारले हुलाक सेवा विभाग अन्तर्गत अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुको तलब बृद्धि गरेको छ । नेपाल सरकारका प्रवत्ता एवं सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटामा अनुसार भदौ २२ गते बसेको मन्त्रिपरिषदको बैठकले हुलाक सेवा विभाग अन्तर्गत अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुको