युरेनियम अन्वेषणमा नयाँ तथ्य, मुस्ताङमा पेट्रोल र नुनखानी भेटियो

मुस्ताङ, १६ असार युरेनियम अन्वेषण, पेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न मुस्ताङ पुगेको सरकारी टोलीले खानी फेला परेको दाबी गरेको छ । सरकारी टोलीले मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार र छुसाङ गाविसको तेताङमा नुनको खानी रहेको सरकारले औपचारिक रुपमा पुष्टि गरेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा वि.सं २०७०/७१ सालमा गरिएको प्रारम्भिक अन्वेषणबाट पत्ता

रामेछापमा आवास सम्झौता सकियो

भुकम्प पीडितसँग स्थायी आवास निर्माणका लागि रामेछापमा सम्झौता सकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको दोलखा उपक्षेत्रीय कार्यालयका सिनियर डिभिजन इन्जिनियर हरि शर्माले रामेछापमा ४० हजार ५ सय ५३ घरधनीसँग अनुदान सम्झौता भएको र क्याम्प राखेर अनुदान सम्झौता गर्ने कार्य रामेछापमा सम्पन्न भएको जानकारी दिए। भूकम्प अतिप्रभावित उपत्यका बाहिरका ११ वटा जिल्ला मध्ये अनुदान सम्झौता सम्पन्न

राष्ट्रपतिबाट शिक्षा ऐन प्रमाणिकरण, ऐनले नसमेटेका कुरा शिक्षा नीति मार्फत् गर्ने मन्त्रीको भनाइ

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण भएसंगै शिक्षा ऐनको आठौं शंसोधनको प्रकृया पुरा भएको छ । यो संगै देशले नयाँ शिक्षा ऐन पाएको छ । शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक २०७२ आठौं संशोधन संसदबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पुगेको थियो । ०६६ सालमा संसदमा टेबुल भएको मस्यौदा पटक–पटकको प्रयास पछि संसदीय

बझाङमा आधा घण्टामा तीन भूकम्प

बैतडी, १५ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आधा घण्टाको अन्तरालमा आज तीनवटा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार पहिलो धक्का दिउँसो २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको र ३ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प मापन

घर भत्किँदा दुई बालकको मृत्यु

नुवाकोट, १५ असार । गएरातिको अविरल वर्षाका कारण नुवाकोटको बुङताङ गाविसमा घर भत्ँिकदा दुई बालकको मृत्यु भएको छ । बुङताङ गाविस–४ डोटाटोलमा रहेको मेघबहादुर तामाङको घर भत्ँिकदा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मृत्यु हुनेमा १२ वर्षीय आइतराम तामाङ र पाँच वर्षीय आशिष तामाङ छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको

नयाँ शक्ति नयाँ कार्यविभाजन, कसको जिम्मेवारी के छ ? (विस्तृत)

नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद् सचिवालय केन्द्रीय कार्यसमितिमा रुपान्तरित भएको छ । राजधानीमा मंगलबार सम्पन्न सचिवालयको चार दिने बैठकले सचिवालयलाई केन्द्रीय कार्यसमितिमा रुपान्तरण गर्ने तथा ९९ सदस्य नबढ्ने गरी महिला र दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको हो ।   केन्द्रीय समितिको संयोजकमा डा. बाबुराम भट्टराई यथावत छन् । सह-संयोजकमा भने रामचन्द्र झा, महेश कर्मोचा र दुर्गा सोवलाई

श्रीमतीलाई गोली हानी घाइते बनाएका श्रीमानको शव फेला

गोरखा, १४ असार । उत्तरी गोरखाको काशीगाउँ–२ का ५८ वर्षीय कामी गुरुङले आफ्नी ६० वर्षीया श्रीमती सुकमाया गुरुङलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । सोमबार साँझ चर्चबाट फर्किएकी श्रीमती सुकमायालाई घरमा लुकेर बसेका कामीले भरुवा बन्दुकले हानेर घाइते बनाएको प्रहरीले जनाएको छ । सुकमायाको दायाँ पुट्ठामा गोलीको छर्रा लागेको छ । घाइतेको स्थानीय स्वास्थ्य

नेपाली दूतावासको छाप एवम् दस्तखत कीर्ते गर्ने मेनपावरका सञ्चालक पक्राउ

काठमाडौँ, १४ असार । कतारस्थित नेपाली दूतावासको छाप एवम् दस्तखत कीर्ते गर्ने अमिदावा बुद्ध मेनपावर प्रालिका दुई सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चालकहरु म्याग्दी देवीस्थान गाविसका सहबहादुर राना र सोही जिल्लाको दाना गाविसका नेत्रबहादुर पुनलाई महानगरीय अपराध महाशाखाको टोलीले आज पक्राउ गरेको हो । सो मेनपावरले कतारस्थित स्टिलका ट्रेडिङ कन्स्ट्रक्सन कम्पनीको कामदार पठाउन भनी

नयाँ शक्तिले तोक्यो ३ उपाध्यक्ष

काठमाडौं – नयाँ शक्ति नेपालले डा। बाबुराम भट्टराई पछि तीन नेतालाई सह संयोजक बनाएको छ । मधेसबाट रामचन्द झा, आदिवासी जनजातिबाट महेश कोर्मचा र दलित तथा महिलाबाट दुर्गा सोभलाई सह–संयोजक बनाइएको प्रवक्ता खिमलाल देवकोटाले बताए । केही दिनदेखि जारी नयाँ शक्तिको केन्द्रीय सचिवालयको बैठकमा संयोजक भट्टराईले संयोजकहरुको प्रस्ताव गरेका थिए । केही नेताको असन्तुष्टिबीच तीन

इमाडोलको ग्यासलाई भण्डारण गर्ने तयारी

काठमाडौँ, १३ असार । खानी तथा भूगर्भ विभागले इमाडोलमा रहेको मिथेन ग्यासलाई भण्डारण गर्ने तयारी गरेको छ । विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार ग्यास भण्डारण गर्नका लागि विभागले समिति गठनको प्रक्रिया अगाडि बढाइसकेको छ । भारतीय नाकाबन्दीसँगै सरकारले उपत्यकामा रहेको मिथेन ग्यासलाई प्रयोगमा ल्याउने चर्चा चलेको थियो । “इमाडोलस्थित खरिबोट