श्रीमतीलाई गोली हानी घाइते बनाएका श्रीमानको शव फेला

गोरखा, १४ असार । उत्तरी गोरखाको काशीगाउँ–२ का ५८ वर्षीय कामी गुरुङले आफ्नी ६० वर्षीया श्रीमती सुकमाया गुरुङलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । सोमबार साँझ चर्चबाट फर्किएकी श्रीमती सुकमायालाई घरमा लुकेर बसेका कामीले भरुवा बन्दुकले हानेर घाइते बनाएको प्रहरीले जनाएको छ । सुकमायाको दायाँ पुट्ठामा गोलीको छर्रा लागेको छ । घाइतेको स्थानीय स्वास्थ्य

नेपाली दूतावासको छाप एवम् दस्तखत कीर्ते गर्ने मेनपावरका सञ्चालक पक्राउ

काठमाडौँ, १४ असार । कतारस्थित नेपाली दूतावासको छाप एवम् दस्तखत कीर्ते गर्ने अमिदावा बुद्ध मेनपावर प्रालिका दुई सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चालकहरु म्याग्दी देवीस्थान गाविसका सहबहादुर राना र सोही जिल्लाको दाना गाविसका नेत्रबहादुर पुनलाई महानगरीय अपराध महाशाखाको टोलीले आज पक्राउ गरेको हो । सो मेनपावरले कतारस्थित स्टिलका ट्रेडिङ कन्स्ट्रक्सन कम्पनीको कामदार पठाउन भनी

नयाँ शक्तिले तोक्यो ३ उपाध्यक्ष

काठमाडौं – नयाँ शक्ति नेपालले डा। बाबुराम भट्टराई पछि तीन नेतालाई सह संयोजक बनाएको छ । मधेसबाट रामचन्द झा, आदिवासी जनजातिबाट महेश कोर्मचा र दलित तथा महिलाबाट दुर्गा सोभलाई सह–संयोजक बनाइएको प्रवक्ता खिमलाल देवकोटाले बताए । केही दिनदेखि जारी नयाँ शक्तिको केन्द्रीय सचिवालयको बैठकमा संयोजक भट्टराईले संयोजकहरुको प्रस्ताव गरेका थिए । केही नेताको असन्तुष्टिबीच तीन

इमाडोलको ग्यासलाई भण्डारण गर्ने तयारी

काठमाडौँ, १३ असार । खानी तथा भूगर्भ विभागले इमाडोलमा रहेको मिथेन ग्यासलाई भण्डारण गर्ने तयारी गरेको छ । विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठका अनुसार ग्यास भण्डारण गर्नका लागि विभागले समिति गठनको प्रक्रिया अगाडि बढाइसकेको छ । भारतीय नाकाबन्दीसँगै सरकारले उपत्यकामा रहेको मिथेन ग्यासलाई प्रयोगमा ल्याउने चर्चा चलेको थियो । “इमाडोलस्थित खरिबोट

रेडक्रस दोलखामा तालाबन्दी

दोलखा, असार १२÷नेपाल रेडक्रस सोसाईटी दोलखा शाखामा तालाबन्दी भएको छ । शाखा कार्यालय दोलखामा आर्थिक पारदर्शिता नभएको भन्दै स्थानीय राजनीतिक दल, नागरिक समाज लगाएतले आइतवार तालाबन्दी गरेका छन् । नेपाल रेडक्रस दोलखा शाखामा भएको अनियमितता छानविन तथा सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालय तथा केन्द्रीय कार्यालयमा समेत निवेदन दिँदा समेत वास्ता नगरेको भन्दै आज कार्यालयमा तालाबन्दी

एकमुस्ट राहत दिने विषयमा सहमति नजुटेपछि संसद बैठक स्थगित

काठमाण्डौ – भूकम्पभूकम्पलाई एकमुष्ठ २ लाख दिनुपर्ने विषयमा सहमति जुट्न नसक्दा व्यवस्थापिका संसदको आजको बैठकपनि स्थगीत भएको छ । नेपाली काँग्रेसले एकमुष्ट २ लाख दिनुपर्ने माग राखेर बिहीबारदेखि अवरुद्ध गरेको बैठक आजपनि सहमति नजुटेपछि स्थगित भएको हो । काँग्रेसले राहतको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग राखेपछि बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले जवाफ दिने

‘गुण्डा नाइके’ जसवन्त पक्राऊ, भाग्न खोज्दा दुई राउण्ड गोली प्रहार

९ असार, काठमाडौं । प्रहरीले ‘गुण्डा नाइके’ जसवन्त गुरुङ भन्ने पूर्ण गुरुङलाई गोली हानेर पक्राउ गरेको छ । उनी काठमाडौंको बाफलमा बस्दै आएका थिए । महानगरीय प्रहरीको अपराध महाशाखाले उनलाई बिहीबार दिउँसो विजुलीबजारबाट पक्राउ गरेको हो । पक्राउ गर्ने क्रममा प्रहरीमाथि उनले रडले आक्रमण गरेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । उनको खुट्टामा दुई राउण्ड गोली

शिक्षा पत्रकार तथा विभिन्न सङ्घसंस्थालाई पुरस्कृत गरिने

काठमाडौँ, ९ असार । ‘आजको मिडिया आवाज’ले आफ्नो १२औँ स्थापना दिवसका अवसरमा शिक्षाविद्, पत्रकार, उत्कृष्ट विद्यालय तथा व्यक्तिलाई ‘वाइवाइ एजुकेसन अवार्ड–२०७३’ द्वारा पुरस्कृत गर्ने भएको छ ।   यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ‘शिक्षा साप्ताहिक’का सुदर्शन सिग्देल, ‘द हिमालयन टाइम्स’ का कोकिला केसी र ‘कान्तिपुर’ दैनिकका मकर श्रेष्ठलाई जनही रु पाँच हजार सहित पुरस्कृत गर्ने जानकारी

भूकम्पपीडित १५ बालबालिकालाई निजी स्रोतबाट छात्रवृत्ति

    दोलखा, ८ असार÷गत वर्षको विनासकारी भूकम्पमा परी बाबुआमा गुमाएका १५ बालबालिकाहरुलाई दोलखा सुनखानीका समाजसेवी कुलप्रसाद शिवाकोटी (कृष्ण) ले छात्रवृत्ति प्रदान गरेका छन् । जिल्लाको सुनखानी गाविस १ का कृष्णले आफ्नो निजी खर्चबाट दोलखाका विभिन्न विद्यालयका विभिन्न कक्षामा अध्ययन गरिरहेका १५ जना बालबालिकाहरुलाई जनही १० हजारका दरले छात्रवृत्ति दिएका हुन् । उनले ती सबै

गयौं आमा चढेर जहाजमा, फर्क्यौं बाकसमा…

  ८ असार, काठमाडौं । अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएका १२ नेपालीको शव बुधबार अपराहृन काठमाडौं विमानस्थलमा ल्याइपुर्‍याउँदा सिंगै देश भावहि्वल बन्यो । वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका १२ नेपाली तालिबानको आक्रमणमा मारिएको तीनदिनपछि उनीहरुको शब बाकसमा हालेर स्वदेश ल्याइएको हो । क्यानेडियन दूताबासमा सुरक्षागार्डका रुपमा कार्यरत उनीहरु ड्युटीमा जाने क्रममा आतंकवादी आक्रमणमा