गैरआवासीय नेपाली संघ चीनले संचालन गर्यो ‘महिनावारी स्वच्छता सचेतना अभियान

श्रावण,२३ चरिकोट/गैरआवासीय नेपाली संघ चीनले ‘महिनावारी स्वच्छता सचेतना अभियान’दोलखाको हनुमन्तेश्वर उच्चमाविबाट दोस्रो चरणको कार्यक्रम गरेको छ । संघले श्रावण २० गते दोस्रोचरणको कार्यक्रम शुरु गरेको हो । हनुमन्तेश्वर उच्च मावि र जलदेवि माविका ९ सय ५० जना विद्यार्थीलाई खानपान , व्यायाम, सरसफाइ, घरपरिवारको , विद्यालयको भूमिका जस्ता सम्पूणर् महिनावारीसँग सम्बन्धित विषयलाई विशेष जोड दिँदै महिनावारी

भीमेश्वर नगरलाई गिज्याउँदै आँखै अगाडि निर्माणाधिन कभर्ड हल

नवराज शिवाकोटी श्रावण,२२ चरिकोट/भीमेश्वर नगरपालिका को ढोकै अगाडि निर्माणाधिन कभर्ड हलले भीमेश्वर नगरपालिकालाई गिज्याई रहेको छ । नगरपालिकाले इन्डोर खेलकालागि निक्कै महत्व साथ अगाडि बढाएको कभर्डहल निर्माणकालागि थपेको म्यादमा पनि सम्पन्न हुन नसकि अलपत्र अवस्थामा पुगेपछि निर्माणाधिन कभर्डहलले भीमेश्वर नगरपालिका लाई गिज्याईरहेको हो । ६ करोड ७२ लाख रुपैयाँ (भ्याट सहित) लागत अनुमान रहेको कभर्डहल

राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाद्वारा सक्रीय सदस्य सचेतना कार्यक्रमको आयोजना

श्रावण,२१ चरिकोट/राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा, प्रदेश क र ख को संयुक्त आयोजनामा सक्रीय सदस्य सचेतना कार्यक्रम संचालन गरिएको छ । शनिवार सदरमुकाम चरिकोटमा सचेतना कार्यक्रम संचालन गरिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय समितिको निणर्य अनुसार प्रदेश निर्वाचन क्षेत्र स्तरीय कार्यक्रमको संयुक्त रुपमा आयोजना गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष राजनबहादुर शिवाकोटीले जानकारी दिए ।

मतदाता नामावली संकलन आजदेखि स्थगित 

श्रावण,२० काठमाडौं/मंसिर ४ गते सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन स्थगित गरेको छ । मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन आजैदेखि रोकिँदै छ । तर मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप

संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा गर्ने सरकारको निणर्य

श्रावण,१९ काठमाडौं /सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचन म्रशिर ४ गते गर्ने घोषण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको हो । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते निर्वाचन गर्ने सहमति भए अनुरुप सरकारले निर्वाचनको मिति घोषणा गरेको हो । सो कुराको जानकारी शिक्षा

राप्रपा दोलखाद्वारा विरोध सभाको आयोजना

श्रावण,१८ चरिकोट, राष्ट्रिय प्रजातन्त्र पाटी दोलखाले विभिन्न माग राखी सदरमुकाम चरिकोटमा विरोध सभाको आयोजना गरेको छ । बुधवार राप्रपाले सरदमुकाम चरिकोटमा विरोध सभाको आयोजना गरेको हो । नगारिकता विधेयकको खारेजी, महंगी नियन्त्रण तथा भ्रष्टाचार अन्त्यको माग राख्दै राप्रपा दोलखाले विरोध सभाको आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष राजनबहादुर शिवाकोटीले जानकारी दिए । विरोध सभा

पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

श्रावण १६ काठमाडाौं/पछिल्लो पटक भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । आईओसीले मूल्य घटाएर पठाएको हो । अगष्ट १ तारिखमा आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल तथा मट्टितेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाएर पठाएको नेपाल आयाल निगम स्रोतले बताएको छ ।

आव २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने

श्रावण,१६ काठमाडौं/आव २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने सरकारले जनाएको छ । आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४.१ प्रतिशतमा मात्र सीमित राखेको हो । यसअघि वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो तर त्यसमा पनि संशोधन गर्दै वृद्धिदरमा १.७४ प्रतिशतको सङ्कुचन हुने प्रक्षेपण

जनार्दन शर्मा अर्थमन्त्रीमा पूनः नियुक्त

श्रावण १५ काठमाडौं/ जनार्दन शर्मा अर्थमन्त्रीमा पूनः नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रीमा नियुक्त गरेकी हुन् । नेकपा माओवादी केन्द्रका नेता शर्मालाई राष्ट्रपतीबाट अर्थमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप बारे छानविन गडर्न संसदीय छानबिन समिति गठन भएपछि

संसदीय छानबिन विशेष समितिले आज प्रतिवेदन बुझाउँदै

श्रावण,१३ काठमाडौँ/चालु आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउँदै छ । विभिन्न पक्षसँग छलफल गरी समितिले तयार गरेको प्रतिवेदन आज सभामुख अग्निप्रसाद सापकोटालाई बुझाइने समितिले बताएको छ । प्रतिवेदनलाई अन्तिम स्वरुप दिन बिहीबार समितिको बैठक बसेको थियो ।