गभर्नर महाप्रसाद अधिकारीको योग्यता नपुगेको भन्दै वाइसिएलले दियो अख्तियारमा उजुरी


नवराज शिवाकोटी
१८ भदौ २०८०, सोमवार
असार,३ काठमाडौँ/ नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) ले सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको हो ।
गभर्नर हुनका लागि कम्तीमा स्नातकोत्तर प्राप्त गरेको व्यक्ति हुनुपर्ने प्रावधान भए पनि गभर्नर अधिकारीले कुनै पनि विषयमा स्नातकोत्तर पास नगरेको वाइसिएल संयोजक सुमन अधिकारीले आयोगमा दर्ता गरेको उजुरीमा दावी गरिएको छ ।
गर्भनर अधिकारीले राष्ट्र बैंकमा पेश गरेको विवरणमा उनले सन् १९८९ मा नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उर्तीण गरेको तथा भारतबाट सन् १९९३ मा ‘सीए’ सकेको उल्लेख छ ।
उजुरीमा सीए अध्ययनलाई स्नातकोत्तर नमानिने दावी गरिएको छ ।
सम्बन्धित समाचार
ताजा खबर
-
दोलखामा ४ किलो तस्करीको सुन सहित ३ जना पक्राउ
-
इराकको विवाह समारोहमा आगलागी : कम्तीमा १ सयको मृत्यु
-
१९औं एसियाली खेलकुद : मंगोलियामाथि नेपालको सानदार जित
-
अपर तामाकोशीको हकप्रद सेयरमा दरखास्त दिने समय थप
-
काठमाडौंको गैह्रीगाउँ हत्या प्रकरणकाे सीसीटीभीमा देखिएका व्यक्ति पक्राउ
-
नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्छ : राजेन्द्र लिङदेन
धेरै पटक पढिएका
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
कालिञ्चोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
-
पत्रकार शिवाकोटी सम्मानित
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति