निःशुल्क स्वास्थ्य सिविर सम्पन्न


नवराज शिवाकोटी
२३ कार्तिक २०८०, बिहिवार
चरिकोटः दोलखाको उत्तरी क्षेत्र सिंगटी बजारमा एक दिने निःशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमत संघ, काठमाडौको आयोजनामा बुधवार सिविर सम्पन्न भएको हो ।
नेपाल प्रहरी अस्पताल महाराजगंज तथा च्छोरोल्पा जनरल अस्पतालको प्राविधिक सहयोगमा विगु गाउँपालिकाको सिंगटी स्थित भैरवेश्वर मन्दिर प्राङ्गणमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन विगु गाउँपालिकाका अध्यक्ष सञ्जिव ओलीको अध्यक्षता तथा नेपाल प्रहरी श्रीमती संघका केन्द्रिय अध्यक्ष श्री लक्ष्मी कुँवर को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा भीमेश्वर नगरपालिका, विगु गाउँपालिका तथा गौरिशंकर गाउँपालिकाका तीनसय भन्दा बढीले सेवा लिएको आयोजकको भनाई रहेको छ ।
ताजा खबर
धेरै पटक पढिएका
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
पत्रकार शिवाकोटी सम्मानित