१४ मंसिर २०८०, बिहिवार

30th, November 2023, Thursday

Aaawajonline.com

पुस्तक हस्तान्तरण

२७ कार्तिक २०८०, सोमवार नवराज शिवाकोटी
नवराज शिवाकोटी

२७ कार्तिक २०८०, सोमवार

चरिकोट : भीमेश्वर नगरपालिका स्थित गौरीशंकर सामूदायिक पुस्तकालयले जिल्ला प्रहरी कार्यालय दोलखालाई विभिन्न विधाका पुस्तकहरु हस्तान्तरण गरेको छ । आइतवार पुस्तकालयले विभिन्न विधाका पुस्तकहरु प्रहरीलाई हस्तान्तरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालयलाई कानुन, साहित्य, इतिहास लगायतका विभिन्न विधाका ८२ थान पस्तक हस्तान्तरण गरिएको गौरीशंकर सामूदायिक पुस्तकालयका अध्यक्ष कृष्णबहादुर बस्नेतले जानरकारी दिनुभयो । विभिन्न कारणले हिरासतमा रहेका ब्यक्तिहरुले अध्ययन गर्न पाउन  भन्ने उद्देश्यले उक्त पुस्तकहरु हस्तान्तरण गरिएको उहाँको भनाई रहेको छ । 
पुस्तक राख्ने दराज सहित पुस्तक खरिद गरी सहयोग गर्ने कार्यमा ५० हजार खर्च भएको गौरीशंकर सामूदायिक पुस्तकालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

East West Fast Food