कबुलियति वन समूहका पदाधिकारीहरुलाई तालिम


नवराज शिवाकोटी
१५ मंसिर २०८०, शुक्रवार
चरिकोटः भीमेश्वर नगरपालिका भित्रका कबुलियति वन समूहका पदाधिकारीहरुलाई एक दिने तालिम दिइएको छ । डिभिजन वन कार्यालय अन्तर्गतको भीमेश्वर सव डिभिनज कार्यालयको आयोजनामा शुक्रवार एक दिने तालिम दिइएको हो ।
भीमेश्वर नगरपालिका भित्रका १५ वटा कबुलियति वन समूहका अध्यक्ष तथा कोषाध्यक्षहरुलाई लेखा तथा अभिलेख ब्यवस्थापन तथा मान्युट लेखन सम्बन्धमा तालिम दिइएको डिभिजन वन कार्यालय दोलखा अन्तर्गतको भीमेश्वर सव डिभिजन कार्यालय चरिकोटले बताएको छ । तालिमको सहजिकरण डिभिजन वन कार्यालय दोलखाका प्रमुख कृष्णराज न्यौपानेले गर्नु भएको थियो । तालिममा भीमेश्वर नगर पालिका भित्रका कबुलियति वन समूहका २१ जनाको सहभागिता रहेको भीमेश्वर सवडिभिजन प्रमुख गुप्त बहादुर बस्नेतले जानकारी दिनुभयो । समूहलाई लेखा चुस्त राख्न, अभिलेख ब्यवस्थापन गर्न एवं माइन्युट लेख्ने सिपको गराउन तालिम उपयोगिहुने सब डिभिजन कार्यालय भीमेश्वरको विश्वास ।
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु
-
दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-
दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने