१३ वैशाख २०८२, शनिवार

26th, April 2025, Saturday

Aaawajonline.com

परामर्श बैठक सम्पन्न

८ पुष २०८०, आइतवार नवराज शिवाकोटी
नवराज शिवाकोटी

८ पुष २०८०, आइतवार

चरिकोट: सदरमुकाम चरिकोटमा बृहत दोलखा महोत्सवकोको सन्दर्भमा परामर्श बैठक सम्पन्न भएको छ । शनिवार जिल्ला समन्वय समितिको सभाकक्षमा सो बैठक सम्पन्न भएको हो । 
दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा दोलखा महोत्सवलाई भब्यरुपमा सफल पार्न हालसम्म भएगरेका कार्यहरुबारेमा जनानकारी दिइएको थियो । यसैगरी दोलखामा आर्थिक कृयाकलापलई बढान तथा औद्योगिक क्षेत्रमा लगानी जुटाउन कसरी सकिन्छ भन्ने बारेमा पनि सहभागीहरुले आ-आफ्नो धारणा राख्नु भएको थियो । बैठकमा दोलखामा लगानी बृद्धि गरी आर्थिक कृयाकलाप कसरी बढाउन सकिन्छ भन्ने बारेमा विर्ख क्षेत्रीले कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो । छलफलमा जिल्ला समन्वय प्रमुख बर्जुराम घतानी, जिरी नगरपालिकाका प्रमुख मित्रबहादुर जिरेल, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर,शैलुङ गाउँपालिका उपप्रमुख पार्वती थापा लगायतको सहभागिता रहेको  दोलखा उद्योग वाणिज्य संघका सचिव प्रविन श्रेष्ठले जानकारी दिनुभयो ।