खिम्ती २ जलविद्युत आयोजनाको भौतिक प्रगति ७० प्रतिशत
नवराज शिवाकोटी
१८ माघ २०८०, बिहिवार
चरिकोटःदोलखा जिल्लामा निर्माणाधिन ४८ दशलब ८ मेघावाटको खिम्ती २ जलविद्युत आयोजनाको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । पिपुल्स इनर्जी लिमिटेडद्वारा निर्माण भइरहेको सो आयोजनाको भौतिक प्रगति ७० प्रतिशत पुगेको हो ।
आयोजनाको बाँध, सुरुङ, विद्युत गृह लगायतका सबै संरचनाहरुमा समान रुपमा तिब्र गतिमा काम भईरहेको अयोजनाका जनसम्पर्क अधिकृत हरिशरण अधिकारीले जानकारी दिनुभयो २०८१ साल भित्रमा काम सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाई रहेको छ । आयोजनाको भौतिक प्रगति ७० प्रतिशत भन्दा बढी पुगेको उहाँको दावी रहेको छ ।
हाल आयोनाको बाँध सुरुङ, विद्युत गृह, पेनस्टक जडान लगायतका कामहरु द्रुत गतिमा भइरहेको छ । । ४८ दशमलव ८ मेगावाट क्षमताको खिम्ती-२ जलविद्युत आयोजनामा मुख्य सुरुङ, भर्टिकल साफ्ट(ठाडो सुरुङ) तथा काम गर्नका लागि विभिन्न स्थानमा सहायक सुरुङसहित आठ हजार ३०५ मिटर सुरुङ निर्माण गर्नुपर्दछ ।
अब करिब एकहजार छ सय ९० मिटर सुरुङको निर्माणको काम मात्र अव बाँकी रहेको आयोजनाले जनाएको छ । हाल हेडवक्स अन्तर्गत बाँध तथा डिसेल्टीङ( बालुवा थिग्राउने पोखरी) को काम द्रुत गतिमा भइरहेको छ । यसैगरी सुरुङको काम पनि एकैसाथ भइरहेको आयोजनाको भनाई रहेको छ । यस्तै सुरुङ भित्र पेनस्टकको काम भइरहेको आयेजना आयोजनाले जनाएको छ । आयोजनाको सुरुङमा कुल एक किलोमिटर पेनस्टक पाइप जडान गर्नु पर्ने हुन्छ । पेनस्टक आयात गर्न समय लाग्ने भएकोले विद्युत गृृह निकट स्टिल पाता ढुवानीगरी पेनस्टक निर्माणको कार्य तिब्र गतिमा भइरहेको छ । विद्युतगृह भवन निर्माणको काम भने अन्तिम चरणमा पुगेको छ । विद्युत गृह निर्माण सम्पन्न भएपछि विद्युत ग.ृहमा जेनेरेटर लगायतका उपकरणहरु जडानको काम सुरु हुने बताइएको छ ।
पिपुल्स इनर्जि लिमिटेड प्रबर्धक रहेको आयोजनाको सिभिल संरचनाको काम हाईहिमाल हाइड्रो कन्सट्रक्सन, हाइड्रो मेकानिकलको काम क्रिम हाईड्रो पावर तथा गेट निर्माणको काम गेट सिविएम नामक भारतीय कम्पनी ले गर्ने छ । यस्तै ईलेक्ट्रो मेकानिकलको काम अष्ट्रियन कम्पनी ग्लोवल हाइड्रोले गर्ने जनसम्पर्क अधिकृत अधिकारीले जानकारी दिनुभयो ।
जिरी नगरपालिकाको धारापानीमा हेडवक्स रहेको खिम्ति खोलामा निर्माणाधिन जलविद्युत आयोजनाको विद्युतगृह भने तामाकोशी गाउँपालिका वडा नम्बर सात पलाँतेमा निर्माणाधिन रहेको छ । हेडवक्सबाट सुरुङ तथा पेनस्टक मार्फत विद्युत गृहमा पानी पठाई तीनवटा जेनेरेटर मार्फत विद्युत उत्पादन गरिने आयोजनाको भनाई रहेको छ । आयोजनाबाट उत्पादित विद्युत विद्युतगृहबाट दुई किलोमिटर टाढा रहेको रामेछाप जिल्लाको भिमसेन थानसम्म प्रसारण लाईनको निर्माण गरी गर्जाङ-खिम्ति १३२ केभी प्रशारण लाईन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । आयोजनाको अनुमानित लागत ८ अर्ब ६४ करोड रहेको छ । आयोजनामा सानिमा बैंङ्कको नेतृत्वमा विभिन्न बैंङ्कहरुले ऋण लगानी गरेका छन् । यो आयोजना रन अफ रिभर प्रणालीमा आधारित आयोजना हो ।
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु
-
दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
-
पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने