१२ वैशाख २०८२, शुक्रवार

25th, April 2025, Friday

Aaawajonline.com

खोप अभियानको तयारी पुरा

२८ माघ २०८०, आइतवार नवराज शिवाकोटी
नवराज शिवाकोटी

२८ माघ २०८०, आइतवार

२०८० माघ २७ - भक्तपुर/दादुरा रुवेला खोप अभियान २०८० को तयारी पुरा भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्ला भरी लगाईने दादुरा रुवेला खोप लगाउनको लागि सम्पूर्ण तयारी भएको जनाएको छ। खोप तयारीका लागि स्वास्थ्य कार्यालय, भक्तपुरले स्वास्थ्य संस्था प्रमुख तथा अस्पताल प्रमुखहरुको लागि योजना तर्जुमा तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको जनाएको छ । माघ २२ देखि २७ गतेसम्म धारा रिसोर्ट, पँलासेमा दूई चरणमा गरेर अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको स्वास्थ्य कार्यालय, भक्तपुरका निमित्त कार्यालय प्रमुख तथा खोप अधिकृत शान्तिराम खतिवडाले जानकारी दिनुभएको छ।
भक्तपुर जिल्लामा रहेका सरकारी तथा नीजि ४६ स्वास्थ्य संस्थाहरुका प्रमुखहरुको उक्त अभियानको अभिमुखिकरण कार्यक्रममा सहभागिता रहेको थियो। आगामी फागुन १३ गतेबाट सञ्चालन हुने खोप अभियान भक्तपुर जिल्लामा बसोवास गर्ने बालबालिकाहरुको लागि सञ्चालन गरिने निमित्त कार्यालय प्रमुख तथा खोप अधिकृत खतिवडाले बताउनुभयो। 
अभियानमा ९ महिना देखि १५ बर्ष मूनि उमेर समूहका बालबालिकाहरुका लागि दादुरा रुवेला खोपका साथै ५ बर्ष भन्दा कम उमेर समूहका बालबालिका लागि छुट खोप समेत लगाउने तयारी भएको जनाईएको छ। उक्त अभियानका लागि विद्यालय लक्षित खोप केन्द्र तोकिने कार्यालयले जनाएको छ ।