करदाता सेवा कार्यालय चरिकोटको कर संकलनमा उत्साहजनक बृद्धि


नवराज शिवाकोटी
१८ भदौ २०८०, सोमवार
नवराज, असार,२, चरिकोट करदाता सेवा कार्यालय, चरिकोटले आर्थिक वर्ष २०७८-७९ को कर संकलनमा उत्साहजनक सफलता हाँसिल गरेको छ । आर्र्थिक वर्ष २०७७-७८ को तुलनामा मा कार्यालयले आर्थिक वर्ष २०७८-७९ मा १२ करोड ९५ लाख ३२ हजार बढी राजश्व संकलन गरी उत्साहजनक सफलता हासिल गरेको हो ।
आर्थिक वर्ष २०७८-७९ मा करदाता सेवा कार्यालय चरिकोटले विभिन्न शीर्षकमा कुल ३३ करोड ४३ लाख ५३ हजार राजश्व संकलन गरेको कार्यालय प्रमुख गणेश बहादुर डाँगीले जानकारी दिए । आर्थिक वर्ष २०७८-७९ मा ३१ करोड ६९ लाख १७ हजार राजश्य संकलन गर्ने लक्ष्य कार्यालयको रहेकोमा लक्ष्य भन्दा बढी राजश्व संकलन भएको उनले बताए ।
आर्थिक वर्ष २०७७-७८ मा २० करोड ४८ लाख २१ हजार राजश्व संकलन भएको थियो । आब २०७७-७८ मा भन्दा आब २०७८-७९ मा १२ करोड ९५ लाख ३२ हजार बढी राजश्व संकलन भएको करदाता सेवा कार्यालय चरिकोटले बताएको छ ।
दोलखा जिल्लामा दर्ता भएका करदाताहरुले आन्तरिक राजश्व कार्यालय धुलिखेलबाट कर सम्बन्धि सेवा लिँदै आएकोमा २०७७ साल असोज ३० गते दोलखा सदरमुकाम चरिकोटमा करदाता सेवा कार्यालय खुलेको थियो ।
आब २०७८-७९ असार मसान्त सम्ममा करदाता सेवा कार्यालय चरिकोट अन्तर्गत १४७५३ स्थायी लेखा नम्बर प्यान मा दर्ता भएका छन् । जसमध्ये ९१४९ करदाता आयकरमा दर्ता रहेका छन् । यसैगरी ११०३ मुल्य अभिबृद्धिकर (भ्याट) मा दर्ता भई करोवार गरिरहेको कार्यालयको तथ्याङ्क छ । यस्तै ४४९ करदाता अन्तःशुल्क मा दर्ता भई कारोवार गरिरहेका छन् । ३९३८ जनाले ब्यक्तिगत स्थायी लेखा नम्बर लिएका तथा ९६ जना करदाताले डब्लु प्यान लिई कारोवार गरिरहेको कायाँलय प्रमुख डांगीले जानकारी दिए ।
सम्बन्धित समाचार
ताजा खबर
-
दोलखामा ४ किलो तस्करीको सुन सहित ३ जना पक्राउ
-
इराकको विवाह समारोहमा आगलागी : कम्तीमा १ सयको मृत्यु
-
१९औं एसियाली खेलकुद : मंगोलियामाथि नेपालको सानदार जित
-
अपर तामाकोशीको हकप्रद सेयरमा दरखास्त दिने समय थप
-
काठमाडौंको गैह्रीगाउँ हत्या प्रकरणकाे सीसीटीभीमा देखिएका व्यक्ति पक्राउ
-
नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्छ : राजेन्द्र लिङदेन
धेरै पटक पढिएका
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
कालिञ्चोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
-
पत्रकार शिवाकोटी सम्मानित
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति