६ फागुन २०८१, मङ्गलवार

18th, February 2025, Tuesday

Aaawajonline.com

काठमाडौंका छ लाख बालबालिकालाई खोप दिईने

११ फागुन २०८०, शुक्रवार नवराज शिवाकोटी
नवराज शिवाकोटी

११ फागुन २०८०, शुक्रवार

२०८० फागुन १० काठमाडौं/काठमाडौं जिल्लाका छ लाख बालबालिकालाई खोप दिईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार जिल्लाका छ लाख मध्ये महानगर पालिकामा माञ २ लाख ५० हजार भन्दा बढीलाई दादुरा रुवेला खोप दिने अन्तिम तयारी भएको आज कार्यालयमा पञकार भेटघाट गरी जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. अर्जुन सापकोटाले जानकारी दिनुभएको छ ।
सन २०२६ सम्ममा दादुरा रुवेला उन्मूलन गर्ने लक्ष्यका साथ सूरु भएको यो अभियान काठमाडौं जिल्लामा दुई चरणमा सूरु हुने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । फागुन १३ गते देखि १९ गतेसम्म जिल्लाका सवै नगरपालिकाहरुमा खोप कार्यक्रम सञ्चालन हुनेछ भने काठमाडौं महानगरपालिकामा १६ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । ९ महिना देखि ५ बर्ष उमेर समुहका र ९ महिना देखि १५ बर्ष उमेर समुहका बालबालिकाहरुलाई यो खोप अभियान सञ्चालन गरिने भएको छ । 
खोप अभियानका लागि जिल्लामा रहेका सम्पूणर् विद्यालयहरुमा केन्द्र स्थापना गरिने छ भने ४ हजार ६ सय बढी स्वयंसेवर खटाईने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. सापकोटाले जानकारी दिनुभएको छ । 
पत्रकार भेटघाट कार्यक्रममा शिक्षा विकास तथा समन्वय प्रमूख बिचारी प्रसाद अधिकारीले खोप अभियानमा सहयोग गर्न सम्पूणर् विद्यालय र विद्यालय परिवारलाई अपिल गर्नु भएको छ । कार्यक्रममा पत्रकार महासंघ काठमाडौंका अध्यक्षले अभियानलाई प्रभावकारी बनाउनका लागि आम सञ्चारमाध्यमलाई बढी भन्ढी उपयोग गर्न आग्रह गर्नुभएको थियो ।
खोप तयारीका लागि स्वास्थ्य कार्यालय काठमाडौंले यस अघिनै स्वास्थ्य संस्था प्रमुख तथा अस्पताल प्रमुखहरुको लागि योजना तर्जुमा तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । अभियानमा ९ महिना देखि १५ बर्ष मूनि उमेर समूहका बालबालिकाहरुका लागि दादुरा रुवेला खोपका साथै ५ बर्ष भन्दा कम उमेर समूहका बालबालिका लागि छुट खोप समेत लगाउने तयारी भएको जनाईएको छ ।