४ असार २०८१, सोमवार

17th, June 2024, Monday

Aaawajonline.com

सुरक्षा निकायलाई डँढेलो नियन्त्रण सामग्री हस्तान्तरण

१ चैत २०८०, बिहिवार नवराज शिवाकोटी
नवराज शिवाकोटी

१ चैत २०८०, बिहिवार


चरिकोट : डिभिजन वन कार्यालय दोखलाले जिल्लाका सुरक्षा निकायहरुलाई सुरक्षा सामग्रीहरु हस्तान्तरण गरेको छ । विहिवार कार्यायालयमा आयोजित एक संक्षिप्त कार्याक्रमकाविच डिभिजन कार्यालयले सो सामग्रीहरु हस्तान्तरण गरेको हो  ।

जिल्ला स्थित नेपाली सेना, जनपद तथा शशस्त्र प्रहरीलाई प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको उपस्थितिमा डँढेलो नियन्त्रण सामग्रीहरु हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय दोलखाका प्रमुख कृष्णराज न्यौपानेले जानकारी दिनुभयो । हस्तान्तरण गरिएका सामग्रीहरुमा फायर र्‍याकर,ब्याक प्याक पम्प तथा फायर स्वाटर रहेका छन् । डँढेलो नियन्त्रण सामग्रीबाट डढेलो नियन्त्रणमा मद्दत पुग्ने डिभिजन कार्यालय दोलखाको विश्वास रहेको छ ।