२० वैशाख २०८१, बिहिवार

2nd, May 2024, Thursday

Aaawajonline.com

दोलखाका ६४ सहकारीले बुझाएनन् आय विवरण

२७ चैत २०८०, मङ्गलवार नवराज शिवाकोटी
नवराज शिवाकोटी

२७ चैत २०८०, मङ्गलवार

चरिकोटः दोलखाका ६४ सहकारीहरुले आय विवरण पेश नगरेको पाइएको छ । करदाता सेवा कार्यालय चरिकोट अन्तर्गत दर्ता रहेका जिल्लाका सहकारीहरु मध्ये उक्त संख्यामा सहकारीहरुले आय विवरण पेश नगरेको पाइएको हो । 
दोलखा जिल्लाका विभिन्न विषयगत सहकारीहरु मध्ये करदाता सेवा कार्यालय चरिकोट अन्तर्गत दर्ता भएका ६४ वटा सहकारीहरुले चालु आर्थिक वर्षको  नौ महिना वित्.न लाग्दा समेत  आय विवरण पेश नगरेको करदाता सेवा कार्यालयकी प्रमुख सम्झना गौतमले जानकारी दिनुभयो । आय विवरण पेश नगर्नेहरुलाई अविलम्ब आय विवरण पेश गर्न आग्रहगरिएको प्रमुख गौतमको भनाई रहेको छ । 
हालसम्म आय विवरण पेश नगर्ने विषयगत सहकारीहरुमा कृषि सहकारी, साना किशान सहकारी,  पशु विकास सहकारी, दुग्ध सहकारी, बहु उद्देश्यीय सहकारी, बचत तथा ऋण सहकारी लगायतका रहेको करदाता सेवा कार्यालय दोलखाले जनाएको छ । 
जिल्लाका नौ स्थानीय तहहरु मध्ये आय विवरण नबुझाउने सहकारीहरु मध्ये सबै भन्दा बढी भीमेश्वर नगरपालिकामा रहेका सहकारीहरु रहेका छन् भीमेश्वर नगरमा मुख्य कार्यालय रहेको ११ वटा सहकारीले आय विवरण पेश गरेका छैनन् । यसैगरी आय विवरण पेश नगर्ने सहकारीहरुमा संख्यात्मक हिसावले शैलुङ गाउँपालिका प्रमुख कार्यालयहरु रहेका  सहकारीहरु परेका छन् । शैलुङका १० सहकारीहरुले आय विवरण पेश गरेका छैनन् । यस्तै कालिञ्चोक गाउँपालिकाका ८ सहकारीहरुले विवरण पेश नगरेको कार्यालयले जनाएको छ । 
यसैगरी हाल सम्म आयविवरण पेश नगर्ने गाउँपालिकाका सहकारीहरुमा बैतेश्वर गाउँपालिका तथा जिरी नगरपालिकाका सात-सात वटा सहकारीहरु, गौरिशंकर गाउँपालिकाका ६-६ वटा  सहकारीहरु तथा विगु गाउँपालिकाका ४ वटा सहकारीहरुले आय विवरण पेश नगरेको करदाता सेवा कार्यालय दोलखाले जनाएको छ । कानुनले तोकेको समय भित्र आय विवरण पेश गरेर कर तिरी जरिवानबाट बच्न प्रमुख गौतमले आग्रह गर्नु भयो ।

सम्बन्धित समाचार

East West Fast Food