कक्षा ११ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै काठमाडौं महानगर


आवाज संवाददाता
१४ असार २०८१, शुक्रवार
असार १४ काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन माग गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै महानगरपालिकाले छात्रवृत्तिमा पढ्न इच्छुक विद्यार्थीलाई आवेदन माग गरेको हो।
महानगरले आफू अन्तर्गतका संस्थागत शिक्षण संस्थामा परीक्षा प्रणालीबाट योग्य विद्यार्थी छनौट गरेर छात्रवृत्ति उपलब्ध गराउने गरेको छ। उक्त परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिने छ ।
इच्छुक विद्यार्थीले १५ असार विहान १०:०० बजेदेखि २९ असार शनिवार राति ११:५९ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । परीक्षा भने ४ साउनमा हुने छ ।
विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र सम्बन्धी अन्य विवरण पछि प्रकाशन गर्ने महनगरले जनाएको छ । यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानून र प्राविधिक पढ्न इच्छुक विद्यार्थीले आवेदन दिन सक्नेछन् ।
फारम भर्नको लागि यो लिङ्कमा क्लिक गर्नुहोस्।
ताजा खबर
धेरै पटक पढिएका
-
उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु
-
दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-
दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने