१५ चैत २०८१, शुक्रवार

28th, March 2025, Friday

Aaawajonline.com
टी-२० विश्वकप

दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले जित्यो टी-२० विश्वकपको उपाधि

१६ असार २०८१, आइतवार आवाज संवाददाता
आवाज संवाददाता

१६ असार २०८१, आइतवार

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ ।

 

आज राति वेस्ट इण्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले १७ वर्षपछिदोस्रो उपाधि उपाधि जितेको हो ।

 

१० वर्षपछि विश्वकपको फाइनलमा पुगेको भारतसँग पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिका भने पराजित भएको छ ।भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनायो ।

 

दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ५१, क्विन्टन डी ककले ३९, ट्रिस्टन स्टब्सले ३१ र डेभिड मिलरले २१ रन बनाएपनि हार टार्न सकेनन् । बलिङतर्फ भारतका अर्शदीप सिंह, जसप्रित बुमराह र हार्दिक पाण्डेयले समान २-२ विकेट लिए ।

 

टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । भारतका लागि ओपनर विराट कोहलीले ७६, अक्षर पटेलले ४७ र शिवम् दुवेले २७ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका एनरिच नोर्किया र केशव महाराजले समान २९२ तथा मार्को जनसेन र कगिशो राबाडाले समान १/१ विकेट लिए। १ विकेट भने रनआउटका रुपमा प्राप्त भएको थियो ।

सम्बन्धित समाचार

East West Fast Food