१३ वैशाख २०८२, शनिवार

26th, April 2025, Saturday

Aaawajonline.com

विश्वकप जितेसँगै विराट कोहलीले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

१६ असार २०८१, आइतवार आवाज संवाददाता
आवाज संवाददाता

१६ असार २०८१, आइतवार

काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

 

हिजो टी-२० विश्वकप २०२४ को उपाधि जिते लगत्तै उनले सन्यास लिने घोषणा गरेका हुन् । फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले पराजित गर्दै भारतले उपाधि जित्दा कोहली प्लेयर अफ दी म्याच घोषित भए ।

 

उनले दक्षिण अफ्रिकाविरुद्ध सर्वाधिक ७६ रन बनाएका थिए । ५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरेका थिए ।भारतका लागि १ सय २५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका कोहलीले ४ हजार १ सय ८८ रन जोडेका छन् ।

सम्बन्धित समाचार

East West Fast Food