औद्योगिक प्रयोजनमा ग्यासको मूल्य ६ सय रुपैयाँ बढाउन उपसमितिको सिफारिस


नवराज शिवाकोटी
१८ भदौ २०८०, सोमवार
असार, २८, काठमाडौं/औद्योगिक प्रयोजनको लागि खाना पकाउने ग्यासमा सहुलियत दिन आवशयक नभएको सिफारिस सरकारलाई गरिएको छ । खाना पकाउने ग्यासको मूल्यबारे अध्ययन गर्न गठन गरिएको उपसमितिले औद्योगिक प्रयोजनको लागि लागत मूल्यमै ग्यास बिक्री गर्न सिफारिस गरेको हो ।
अहिले सरकारले एक सिलिन्डर ग्यासमा ५ सय ७१ रुपैयाँ छुट दिएको छ । आयल निगमले आफ्नो लागतअनुसारको मूल्य लिँदा औद्योगिक प्रयोजनको लागि २३ सय ७१ रुपैयाँ प्रतिसिलिन्डर ग्यासको मूल्य पर्न जाने बताइएको छ ।
विद्युतीय उर्जा प्रयोगलाई प्रोत्साहन दिएर ग्यासको उपयोग घटाउने नीति सरकारको छ । साथै सरकारको तर्फबाट दिइएको सहुलियत क्रमश घटाउँदै लैजाने विषय आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत उल्लेख गरिएको छ ।
गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्रको संयोजकत्वमा बनेको उपसमितिले परल मूल्यमा ग्यास बिक्री गर्नको लागि सरकारलाई सिफारिस गरेको हो । तर घरायसी र औद्योगिक प्रयोजनको ग्यास सिलिन्डरको कलर र साइज पनि छुट्टा-छुट्टै गर्नको लागि सिफारिस पनि उपसमितिले सिफारिस गरेको छ । घरायसी प्रयोजनको लागि भने अहिलेको सहुलियत निरन्तर दिइनु पर्ने उपसमितिको सुझाव छ ।
सम्बन्धित समाचार
ताजा खबर
-
दोलखामा ४ किलो तस्करीको सुन सहित ३ जना पक्राउ
-
इराकको विवाह समारोहमा आगलागी : कम्तीमा १ सयको मृत्यु
-
१९औं एसियाली खेलकुद : मंगोलियामाथि नेपालको सानदार जित
-
अपर तामाकोशीको हकप्रद सेयरमा दरखास्त दिने समय थप
-
काठमाडौंको गैह्रीगाउँ हत्या प्रकरणकाे सीसीटीभीमा देखिएका व्यक्ति पक्राउ
-
नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्छ : राजेन्द्र लिङदेन
धेरै पटक पढिएका
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
कालिञ्चोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
-
पत्रकार शिवाकोटी सम्मानित
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति