जर्जियालाई पराजित गर्दै स्पेन युरो कपको क्वाटरफाइनलमा


आवाज संवाददाता
१७ असार २०८१, सोमवार
काठमाडौं । जर्जियालाई पराजित गर्दै स्पेनले युरो कपको क्वाटरफाइनलमा स्थान बनाएको छ ।
जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे ।
जर्जियाले सुरुवाती अग्रता लिएपछि स्पेन दबाबमा परेको थियो । १८ औँ मिनेटमा जर्जियाको काउन्टर अट्याकमा आएको क्रस क्लियर गर्न खोज्दा ले नोर्मान्डले आफ्नै पोस्टमा गोल गरेका थिए । स्पेनले लगातार पोस्टमा आक्रमण गरेपनि खेल बराबर गर्न भने ३९ औं मिनेट कुर्नुपर्यो। पेनाल्टी क्षेत्र बाहिरबाट रोड्रीले गोल गरेपछि स्पेन खेलमा फर्कियो ।
दोस्रो हाफको ५१ औं मिनेटमा रुइजले स्पेनलाई अघि बढाए । लामिन यामालले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासमा रुइजले ६ यार्ड बक्स भित्रबाट हेडर गोल गरेका थिए। ७५ औं मिनेटमा विलियम्सले स्पेनको अग्रता दोब्बर पारे। जर्जियाको आक्रमण क्लियर गरेपछि सुरु भएको काउन्टरमा विलियम्सले मिडफिल्डबाट आफैं बल बढाउँदै पेनाल्टी क्षेत्र भित्र वन भर्सेस वनमा फिनिस गरे। त्यसको ठिक अघि लामिन यामालको क्रसमा आत्मघाती गोल भएपनि रेफ्रीले अफसाइड दिएका थिए ।
८३ औँ मिनेटमा बेन्चबाट आएका ओल्मोले स्पेनको जित पक्का गरे। उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहारमा गोलरक्षकले बचाउने कुनै प्रयास गर्न सकेनन् ।
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु
-
दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-
दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने