काँग्रेस एमालेका शिर्ष नेताहरुबीच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैनः सांसद गिरी
आवाज संवाददाता
१७ असार २०८१, सोमवार
काठमाडौँ - नेपाली काँग्रेसका सांसद दीपक गिरीले दुई प्रमुख दलहरु नेपाली काँग्रेस र नेकपा(एमाले)का बिचमा भएको संवादबाट कोही चिन्तित हुनु नपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले नेपाली काँग्रेस र नेकपा(एमाले)का शिर्ष नेताहरुबीच शुरु भएको सघन संवादले आशाको सञ्चार गरेको बताएका हुन् ।
उनले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र सुशासनका लागि दुई दल मिल्नु आवश्यक रहेको बताए । उनले संविधान संशोधनसम्मका लागि काँग्रेस र एमालेका बिचमा संवाद र सहकार्य गर्नुपर्ने बताएका छन् । उनले निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक रहेको भन्दै संविधान संशोधनका लागि अन्य दलहरुसँग पनि छलफल गर्नुपर्ने बताए । उनले काँग्रेस एमालेका शिर्ष नेताहरुकाबीचमा भएको भेटवार्तालाई सकारात्मक रुपमा लिन आग्रह पनि गरे ।
उनले भने – ‘चारैतिर निराशा फैलिएका बेला संसदका दुई ठूला दल नेपाली काँग्रेस तथा नेकपा(एमाले)का शिर्ष नेताहरुबीच शुरु भएको सघन सम्वादले आशाको सञ्चार गरेको छ । लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि यि दुई ठूला दलहरुका बीच संवाद र सहकार्य आवश्यक छ । यसैगरी निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका केही महत्वपूर्ण विषयमा संविधान संशोधन गर्न आवश्यक छ । संविधान संशोधनका लागि अन्य दलहरुसँग पनि छलफल गरिनुपर्छ । लोकतन्त्रका लागि पटक–पटक लडाँइ लडेका दुई ठूला दलहरु बीचको संवादबाट कोही पनि चिन्तित हुनुपर्ने आवश्यक छैन । यसलाई सकारात्मक लिन पनि म आग्रह गर्न चाहन्छु ।’
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु
-
दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
-
पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने