६ फागुन २०८१, मङ्गलवार

18th, February 2025, Tuesday

Aaawajonline.com

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुचारु

२३ असार २०८१, आइतवार आवाज संवाददाता
आवाज संवाददाता

२३ असार २०८१, आइतवार

चरिकोट, नदीमा बाढी आएको कारण बन्द भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन पूर्ण क्षमतामा सुचारु भएको छ। नदीमा बाढी घटेसँगै शनिबार साँझ ८ बजेदेखि सुचारु भएको हो।

 तामाकोशी नदीमा ठूलो बाढी आएका कारण ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको थियो। शुक्रवार बेलुकीदेखि अत्याधिक वर्षा भएर नदीमा ठूलो बाढी आएपछि आयोजनाको उत्पादन बन्द भएको थियो।

आयोजनाको बाँध क्षेत्रमा २८५ घनमिटरसम्म पानी मापन भएको माथिल्लो तामाकोसी विद्युत उत्पादन गृह प्रमुख पूणर्गोपाल रञ्जितले जानकारी दिनुभयो । आयोजनाको सुरक्षाका लागि विद्युत गृह नै बन्द गर्नु पर्ने भएकाले राती साँढे १ बजेपछि उत्पादन बन्द गरिएको थियो । २०० घन मिटर भन्दा बढी पानीको सतह पुगेपछि समान्यतः आयोजनामा पुग्न सक्ने सम्भाब्य क्षतिलाई आँकलन गरी विद्युत गृह बन्द गर्ने गरिन्छ ।