मुकुल ढकाल महामन्त्री र केन्द्रीय सदस्यबाट बर्खास्त
ढकाल भन्छन् : रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ


आवाज संवाददाता
२५ असार २०८१, मङ्गलवार
काठमाडौँ, असार २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ। मङ्गलबार बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।
पार्टीको अनुशासन आयोगले भने पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न सुझाव दिएको थियो । केन्द्रीय समितिले त्यसलाई थोरै संशोधन गरेको छ । उनले केन्द्रीय सदस्यको पद पनि गुमाएका छन् । रास्वपाले ढकाललाई पदीय जिम्मेवारीबाट हटाएपनि साधारण सदस्यता भने कायमै राखेको छ ।
यता ढकालले सामाजिक सञ्जालमा 'रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि ...।' भनी लेखेका छन्। मुकुलले रास्वपामै रहने संकेत गरेका छन् ।
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु
-
दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-
दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने