१९ वैशाख २०८१, बुधवार

1st, May 2024, Wednesday

Aaawajonline.com

राष्ट्रिय प्रजातन्त्र पार्टीका एजेन्डामा दोलखामा ब्यापक जनसर्थन रहेको पाएको छु

१८ भदौ २०८०, सोमवार नवराज शिवाकोटी
नवराज शिवाकोटी

१८ भदौ २०८०, सोमवार

(राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष एवं दोलखा प्रदेश सभा क्षेत्र नम्बर दुई प्रदेश सभा सदस्यका उम्मेदवार राजन बहादुर शिवाकोटीसँग आवाज सहकर्मीेले लिएको अन्तवरवार्ता )

-अहिले दोलखामा चुनावी माहौल तातेकोछ । यहाँको पार्टी पनि निर्वाचनको प्रचार प्रसारमा छ । यो क्रममा स्थानीय मतदाताको प्रतिक्रिया राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति कस्तो रहेको पाउनु भयो ?

निर्वाचनको क्रममा म दोलखाका विभिन्न स्थान तथा म निर्वाचन लडेको क्षेत्र नम्बर दुई को प्रायः सबै ठाउँमा पुगें । देशका ठूला दल मानिएका नेपाली काँग्रेस,एमाले ,माओवादी लगायतका दलका क्रियाकलापबाट जनता निरास भएको पाएको छु। झुठा आश्वासनको भरमा जनता झुक्याई भोट बटुल्ने हरुलाई यो पटक आम दोलखाली मतदाता निर्वाचन मार्फत पराजित गराउन मनैदेखि लागेको निर्वाचनको क्रममा मैले पाएको छु।

-भनेपछि यो पटकको निर्वाचनमा दोलखामा राप्रपाको प्रदर्शन सशक्त हुनेछ भन्ने यहाँलाई लागेको छ ।

हो यो पटक राप्रपाप्रति दोखलामा जवरजस्त माहोल सिर्जना भइरहेको मैंले पाएको छु । जनता आफूले विगतमा गरेको गलत मतदानकै कारण विकासमा पछि परियो भनेर पछुताईरहेका छन् । हिजो चप्पल पड्काएर हिँड्नेहरु आज करोडौंका मालिक भएका छन् । तर तिनै चप्पल पड्काउनेहरुलाई जिताउने जनता आज चप्पल पनि लगाउन नसक्ने भएका छन् । के कारणले यस्तो भयो ? अहिले मतदाता परमपरागत रुपमा दोलखाका ठूला भनिएका दलका उम्मेद्वारहरुलाई प्रश्न गरिरहेका छन् । जनताका प्रश्नको जवाफ दिने अवस्था उनीहरुको छैन । अझैपनि झुक्याउन सकिन्छ कि भनेर आश्वासनका पुलिन्दा बाँडीरहेका छन् । अबका दिनमा दोलखालीको सुख दुःखको साथी राष्ट्रिय प्रजातन्त्र पार्टीनैं हो भन्नेमा मतदाताहरु विश्वस्त बन्दै गएका छन् । यसबाट राप्रपा यो निर्वाचनमा विजयोन्मुख हुँदै गएको छ भन्ने मलाई लागेको छ ।

-तपाईंको पार्टीको मुख्य एजेन्डाप्रति चाहिँ आम दोलखाली मतदाताहरुको दृष्टिकोण कस्तो रहेको पाउनुभयो ?

हाम्रो पार्टीको हिन्दु राष्ट्र, संबैधानिक राजतन्त्रको स्थापना लगाएतका एजेन्डामा आमदोलालीको ब्यापक समर्थन रहेको हामीले निर्वाचनको प्रचार प्रसारको क्रममा पाएका छौं । हाम्रा राष्टवादी एजेन्डाकै कारण हामीप्रति आम जनताको आकर्षण बढ्कोले हामी विजयोन्मुख छौ मैले नभन्न खोजेको हो । आम जनताको सरोकार नभएको धर्मनिरपेक्षता, देशको एकिकरण र संरक्षण गरिरहेको नेपालीको अस्थाको धरोहर राजतन्त्र जबरजस्ती हटाउने जस्ता कार्यले काँग्रेस, एमाले तथा माओवादी समाप्तिको दिशामा गइरहेका छन् । जनता अब खुलेर हाम्रा एजेन्डामा समर्थन गरिरहेका छन् ।

-अब चर्चागरौं तपाइँको निर्वाचन क्षेत्रको । आफ्नो निर्वाचन क्षेत्रमा तपाइँप्रतिको मतदाताको हेराई कस्तो रहेको पाउनु भएको छ ?

म निर्वाचन लडेको दोलखा प्रदेशसभा क्षेत्र नम्बर दुई मा स्थानीयहरुकालागि म कुनै पदमा नरहँदा र राजनीतिमा नआउँदा पनि मैले सकेको सबै खालका सहयोग गरेको छु । जस्को कारण मेरो क्षेत्रका प्रायः सबै ठाउँका जनतासँग म परिचित छु । म निर्वाचन लडेकोमा मेरो पार्टीका कार्यकर्ताहरुले त मलाई सहयोग गरेका छन् नैं । काँग्रेस एमाले, माओवादी , लगायत पार्टीका असन्तुष्टहरुको पनि समर्थन मलाई रहेको छ । उहाँहरुले खुलेर सहयोग नगरेपनि मसँग सम्पर्कमा हुनु हुन्छ । यसर्थ म राप्रपाको उम्मेदवार भएपनि सझा उमेद्वार जस्तै भएको छु । अर्कोकुरा निर्वाचनमा ब्यक्ति भन्दा पनि उस्का पार्टीका एजेन्डा प्रमुख हुन्छन् । ति एजेन्डा जनतामा स्थापित हुँदै गएका कारण म निर्वाचनमा विजयोन्मुख छु ।

-तपाईंको निर्वाचन क्षेत्रमा विकासका समस्या के रहेका छन् ? ति समस्या समाधान गर्नमा यहाँ निर्वाचित भएमा के गर्नु हुन्छ ?

दोलखा प्रदेश सभा क्षेत्र नम्बर दुईमा जिहिले पनि क्षेत्र नम्बर एक का उम्मेदवार आएर चुनाव लड्ने अनि जित्ने गरेका छन् । जस्को कारण अहिले सम्म यो क्षेत्रमा सदरमुकाम भए पनि चरिचरणको खर्क मात्र बन्न पुगेको छ । विकासका हर क्षेत्रमा क्षेत्र नम्बर दुई पछि परेको छ । यहाँ सडक खनिएका छन् तर कच्चि छन् , ठेक्कालागेका सडक समेत वर्षौ देखि अलपत्र छन्, युवा बेरोजगारहरुको संख्या दिनहुँ बढ्दो छ । कृषि योग्यभूमि बाँझो बस्ने क्रम बढीरहेको छ । युवाहरु बाध्य भएर विदेशिनु बाध्यता रहेको छ । सिँचाईको उचित प्रबन्ध हुन सकेको छैन । कृषिक्षेत्रबाट मानिसहरु पलायन हुने क्रम बढ्दोछ । उपभोक्ता समितिमार्फत हुने काम दलका कार्यकर्ताको पालनपोषण गर्ने माध्ययम मात्र बनेको छ । भ्रष्टाचारले चरम सिमा नाघ्न लागको छ । म प्रदेश सभा सदस्य निर्वाचित भएमा यस्ता समस्याको हल गर्न तर्फ लाग्ने प्रतिबद्धता आम दोलखाली मतदाता समक्ष ब्यक्त गर्दछु ।

-अन्त्यमा यहाँले हाम्रो अनलाईन मार्फत भन्नु पर्ने केही कुरा भए…..

मलाई अनलाईनमा अन्तरवार्ता दिने अवसर प्रदान गर्नु भएकोमा आवाज परिवारलार्य धन्यवाद । अत्यमा यो देशमा विद्यमान भ्रष्टाचारको अन्त्य, राष्ट्रघाती सन्धि सम्झौताको खारेजी, संबैधानीक राजसंस्था तथा हिन्दु राष्ट्र कायम गरी देशमा विकासको लहर ल्याउनकालागि हलो चिन्हमा मतदान गरी देशका विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचन लडिरहनु भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुलाई विजयी गराउनु हुन आमनेपाली जनसमक्ष अनुरोध गर्दछु । साथै म निर्वाचन लडिरहेको दोलखा प्रदेश सभा क्षेत्र नम्बर दुईका आदरणीय मतदाता ज्यूहरुलाई पनि विकास सम्बृद्धि तथा भ्रटाचार नियन्त्रण तथा आम युवाहरुको रोजगार तथा स्वरोजगारकाकालागि तपाईहरुको सुख दुःखको साथी म राजन शिवाकोटीलाई हलो चिन्हमा छाप लगाई अत्यधिक बहुमतले विजयी गराउनुहुन हार्दिक अनुरोध गर्दछु ।

सम्बन्धित समाचार

East West Fast Food