हालसम्म बाढीपहिरोबाट २१७ जनाको मृत्यु


आवाज संवाददाता
१५ असोज २०८१, मङ्गलवार
१५ असोज, काठमाडौं - बाढी पहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् ।
काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०, मकवानपुर र दोलखामा ७/७ जनाको मृत्यु भएको छ । धादिङ र ललितपुरमा ३९/३९ जनाले ज्यान गुमाएका छन् । बागमती प्रदेशका १३ वटा जिल्लामा १९२ जनाको मृत्यु भएको छ । ललितपुरमा ११ जना अझै बेपत्ता छन् । पाँचथरमा ६ जनाको मृत्यु भएको छ । भक्तपुर,सोलुखुम्बुमा ५/५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २/२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १/१ जनाको मृत्यु भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेंसी-९, झ्याप्ले खोला खण्डमा मात्र पहिरोले बस र माइक्रोबस पुर्दा ३५ जनाको मृत्यु भएको छ । घाइते भएका १४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु
-
दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-
दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने