१५ चैत २०८१, शुक्रवार

28th, March 2025, Friday

Aaawajonline.com

ढिस्कोले पुरिएर २ जनाको मृत्यु

१६ असोज २०८१, बुधवार आवाज संवाददाता
आवाज संवाददाता

१६ असोज २०८१, बुधवार

१६ असोज, काठमाडौं - हुम्लामा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दक्षिण भेगमा पर्ने ताँजाकोट गाउँपालिका-३ रामका २५ वर्षीय धुव्र शाही र सोही स्थानकी २४ वर्षकी मनसुरा शाही रहेकी जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

घरभन्दा आधा घण्टाको दूरीमा रहेको औलको सियाणी खोलामा माटो खन्न गएका उनीहरूको ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले बताए । उनका अनुसार उनीहरूसँगै गएका अर्का स्थानीय लालबहादुर शाही सामान्य घाइते भएका छन् ।