१५ चैत २०८१, शुक्रवार

28th, March 2025, Friday

Aaawajonline.com

विमानस्थलहरू दसैँभर बिहान साढे ४ बजे खुल्ने

१६ असोज २०८१, बुधवार आवाज संवाददाता
आवाज संवाददाता

१६ असोज २०८१, बुधवार

१६ असोज, काठमाडौं -  नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू बिहान साढे ४ बजे खुल्ने जनाएको छ । 

बाढी पहिरो तथा चाडपर्वका कारण उपकरणको सहायताबाट उडान सेवा हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी रहेका छन् ।

प्राधिकरणले आवश्यकताअनुसार समय थप हुन सक्ने पनि जनाएको छ ।