१५ चैत २०८१, शुक्रवार

28th, March 2025, Friday

Aaawajonline.com

प्रतितोला करिब १५ हजार नौ सयले घट्यो सुनको मुल्य

१० मंसिर २०८१, सोमवार आवाज संवाददाता
आवाज संवाददाता

१० मंसिर २०८१, सोमवार

सरकारले सुनको भन्सार दर घटाएसँगै सुनको मूल्य उच्च रूपमा घटेको छ । सोमबार सुनको मूल्य एकैदिन १५ हजार ९०० रुपैयाँले घटेको हो । योसँगै सुन प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सयमा कारोबार भएको थियो।  

आज चाँदीको  चाँदीको मूल्य ११५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८४५ रुपैयाँ कायम भएको छ।

सरकारले सुनको साबिकको भन्सारदर २० प्रतिशतलाई घटाएर १० प्रतिशतमा झारेसँगै आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो । यस्तै चाँदीको भन्सार दर पनि १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ।