नेपाल कम्युनिस्ट पाटी (बिप्लव), दोलखाको छैटौं जिल्ला सम्मेलन सम्पन्न


नवराज शिवाकोटी
१८ भदौ २०८०, सोमवार
नेपाल कम्युनिस्ट पार्टी(बिप्लव), दोलखाको छैटौं जिल्ला सम्मेलन सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । शुक्रवार (भाद्र २४ गते) सम्मेलन सम्पन्न भएको हो ।
पार्टीका केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज प्रेम दर्नाल (विकल्प) को प्रमुख आतिथ्यता तथा अर्जुन योगीको अध्यक्षतामा सम्मेलन सम्पन भएको थियो । सम्मेलनमा पार्टीका विशेष समिति सदस्यहरु यादव दाहाल, संजीप नेपाली, अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रजिना दर्नाल, सहिद परिवारहरु लगायतको उपस्थिति थियो ।
सम्मेलनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि दर्नाल (विकल्प) ले यो सम्मेलन दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था ढाल्नको निमित्त संघर्षको उद्घाटन भएको बताएका थिए । मन्तब्यका क्रममा प्रमुख अतिथि दर्नाल (विकल्प) ले यो सम्मेलन दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था ढाल्नको निमित्त संघर्षको उद्घाटन भएको बताए । उनले आफ्नो पार्टीको विगत सात वर्षदेखिको संघर्षले दलाल पुँजीवादी सत्ता र दलाल संसदीय व्यवस्थालाई मृत्युको शैयामा पुर्याई सकेको र मृत्यु भएको घोषणा गर्न मात्र बाँकी रहेको दावी गरे । साथै नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारका बीचमा भएको तीनबुँदे सहमति पूणर् रुपमा कार्यान्ययन गर्नुपर्ने, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेता, कार्यकर्ताहरुमाथि जारी गरेको पक्राउ पुर्जी खारेज गर्नुपर्ने, नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ताहरुमाथि लगाइएको झुट्ठा मुद्दाहरु खारेज गर्नुपर्ने, राष्ट्रघाती एमसीसी, एसपीपी सम्झौता तुरुन्त खारेज गर्नुपर्ने, चर्को महंगी र मूल्य वुद्धि खारेज गनुपर्ने लगायतका माग सम्बोधनका क्रममा गरेका थिए ।
उद्घाटन सत्रपछि बसेको बन्द सत्रले अर्जुन योगीद्वारा पेश गरिएको राजनीतिक प्रतिवेदन पारित गरिएको नेपाल कम्युनिष्ट पार्टी(बिप्लव), दोलखाले बताएको छ । सम्मेलन अघि निकालिएको जुलुसले नगर परिक्रमा गरेको थियो ।
सम्बन्धित समाचार
ताजा खबर
-
दोलखामा ४ किलो तस्करीको सुन सहित ३ जना पक्राउ
-
इराकको विवाह समारोहमा आगलागी : कम्तीमा १ सयको मृत्यु
-
१९औं एसियाली खेलकुद : मंगोलियामाथि नेपालको सानदार जित
-
अपर तामाकोशीको हकप्रद सेयरमा दरखास्त दिने समय थप
-
काठमाडौंको गैह्रीगाउँ हत्या प्रकरणकाे सीसीटीभीमा देखिएका व्यक्ति पक्राउ
-
नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्छ : राजेन्द्र लिङदेन
धेरै पटक पढिएका
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
कालिञ्चोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
-
पत्रकार शिवाकोटी सम्मानित
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति