२० वैशाख २०८१, बिहिवार

2nd, May 2024, Thursday

Aaawajonline.com
राजनीति

यो ब्यवस्थालाई हामीले उपयोग मात्र गरेका हौं : रविन्द्र मिश्र

जिल्ला नेतृत्वलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टी

१८ भदौ २०८०, सोमवार नवराज शिवाकोटी
नवराज शिवाकोटी

१८ भदौ २०८०, सोमवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अहिलेको राजनैतिक ब्यवस्थाको आफूहरुले उपयोग मात्र गरेको बताउनु भएको छ । शुक्रवार सदरमुकाम चरिकोटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मिश्रले उक्त कुरा बताउनु भएको हो । पत्रकार भेटघाट कार्यक्रममा मिश्रले यो ब्यवस्था आफूहरुलाई अश्विकार्य हुँदा हुँदै पनि आफूहरुले ब्यवस्थालाई उपयोग गर्दै संघिय संसद र प्रदेश सभामा निर्वाचित भई आफ्ना एजेन्डा राख्दै आएको बताउनु भयो ।

प्रदेश सभाको सभामुख तथा मन्त्री पनि खाने अनि ब्यवस्थाको पनि विरोध गर्न दोहोर माप दण्ड भएन र ? भनी पत्रकारले गरेको प्रश्नको जवाफ दिँदै मिश्रले सभामुख तथा मन्त्री पदलिएपनि आफूहरुले आफ्ना एजेन्डा सदनमा सशक्त रुपमा राख्दै आएको उहाँको भनाई थियो । “हाम्रा सांसदहरुले प्रदेश सभा देखि संघिय संसदसम्म यो ब्यवस्थाको खारेजीको माग गरिरहेका छन् ।” मिश्रले भन्नु भयो,“ हाम्रा एजेन्डाहरु स्थापित हुँदै गएका छन् । संबैधानक राजतन्त्र तथा हिन्दुराष्ट्रको मागप्रति आम जनताको समर्थन बढ्दै गएको छ । हामी सडक तथा सदनबाट विरोध गरिरहेका छौ । ” राजतन्त्रको पक्षमा निक्कै वकालत गरेका उपाध्यक्ष मिश्रले आफूले माओवादीको एउटा भनाई सापटी लिने गरेको बताउँदै ढाडमा टेक्नें र टाउकोमा हिर्काउने नीति लिएर यो ब्यवस्थाको भण्डाफोर गरी संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा स्थापना गर्न यो ब्यवस्थाको उपयोग गरेको बताउनुभयो ।

एक फरक प्रसंगमा आफू गल्तिलाई ढाकछोप गर्ने पक्षमा नरहेकोले विगतमा बैकल्पीक शक्तिको निक्कै वकालत गरेपनि त्यो गलत भएको मनन् गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको बताउनु भयो । देशमा संबैधानिक राजतन्त्र तथा हिन्दु राष्ट्र आवश्यक भएकोले अबको केही समयमै यो ब्यवस्था समाप्त हुने अवस्थामा पुगेको उहाँको जिकीर थियो । चणर्ावती धाममा लगाईएको महायज्ञमा पुगी राजधानी फर्कने क्रममा मिश्रले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्नु भएको थियो । तर राप्रपाका हाइप्रोफाइल नेता भएर पनि पत्रकार भेटघाट गर्ने जानकारी समेत दोलखा जिल्लाको शीर्ष नेतृत्वलाई समेत नदिएको राप्रपा दोलखाका एक पुराना नेताले गुनासो गर्नु भयो । जगनभई घर बन्दैन मिश्रमा दम्भ देखिएको तथा जिल्ला शीर्ष नेतृत्वको बेवास्ता गर्नु ठिक नभएको उहाँको भनाई छ ।

विहिवार बरिष्ठ उपाध्यक्ष मिश्र चाणर्ावती धाममा लागाईएको पुराणमा आउँदा मिश्रजाने बाटोमै जोडिएको राप्रपा दोलखाको पार्टी कार्यालमा उहाँलाई स्वागत गर्न बसेका मानिसको समेत बेवास्ता गर्दै मिश्र हिडेको राप्रपाका एक नेताले बताउनु भयो । शुक्रवार मिश्रले पत्रकार भेटघाट गरेको समेत आफूहरुले पत्रकार मार्फत थाहपाएको राप्रपा दोलखाका एक नेताले बताउनुभयो तर मिश्रको पत्रकार भेटघाट कार्यक्रममा पार्टी सचिव रामबहादुर तामाङ भने उपस्थित रहनु भएको थियो ।