भीमेश्वर नगरमा चार्जिङ स्टेशन स्थापना गरिने


नवराज शिवाकोटी
१८ भदौ २०८०, सोमवार
भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०-८१ मा विद्युतीय चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ । नगरले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्न नगर भित्र चार्जिङ स्टेशन स्थापना गर्ने भएको हो ।
विहिवार भीमेश्वर नगरपालिकाको तेस्रो नगरसभामा आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भीमेश्वर नगरपालिकाका उप्रमुख कमला बस्नेतले सो जानकारी दिनुभएको हो । नीजि क्षेत्रसँगको साझेदारीमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्न चार्जिङ स्टेशनको निर्माण गर्न लागिएको उहाँको भनाई रहेको छ । यसैगरी केन्द्र सरकारका विभिन्न निकायको समन्वयमा नगरमा शौर्य पार्क निर्माण गर्ने तथा तामाकोसी तेस्रो जलविद्युत आयोजना निर्माणकार्यमा नगरले समन्वयात्मक भूमिका खेल्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै नगरभित्र निर्माणाधिन कभर्डहल, भीमेश्वर रंगशाला, थामी संग्रहालय जस्ता ठूला आयोजनाहरु पनि आब २०८०-८१ मा सम्पन्न गर्ने गरी बजेट विनियोजन गर्ने उप्रमुख बस्नेतले बताउनु भयो । ३० वर्ष अवधिकालागि कृषि फम संचालन गर्ने युवाहरुलाई लागतको २५ प्रतिशतसम्म अनुदान दिने ब्यवस्था मिलाईने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । काठमाडौं महानगरको सिको गर्दै नीति तथा कार्यक्रममा “आइतवारदेखि विहीबार पढ्नै पर्छ तर शुक्रवार एक दिनलाई कक्षा कोठा पर” भन्ने नाराकासाथ शुक्रवारलाई विद्यालयहरुमा अतिरिक्त क्रियाकलाप संचालन बारका रुपमा ब्यवस्थित गर्ने उल्लेख छ ।
एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिँदै कछुवाको गतिमा आगाडि बढिरहेको चरिकोट बजारमा निर्माणाधिन ढल ब्यवस्थापनको कार्यलाई आर्थिक वर्ष २०८०-८१ मा पूणर्ता प्रदान गरिने उपप्रमुख बस्नेतले बताउनुभयो । साथै भीमेश्वर नगरपालिका वडा नम्बर एकको राङराङथली क्षेत्रलाई सुनाखरी संरक्षण क्ष्ोत्र घोषित गरी सुनाखरीको संरक्षण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरको आमदानी बृद्धि गर्नकालागि करका दरमा बृद्धि गरिने बताइएको छ । नगरसभाको बैठक भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरको अध्यक्षतामा बसेको थियो । असार १० गते बस्ने नगरसभाको बैठकमा आर्थिक वर्ष २०८०-८१ को अनुमानित आय-ब्ययका विवरण(बजेट) पेश गरिने कार्य सूचि रहेको भीमेश्वर नगरपालिकाले बताएको छ ।
सम्बन्धित समाचार
ताजा खबर
-
दोलखामा ४ किलो तस्करीको सुन सहित ३ जना पक्राउ
-
इराकको विवाह समारोहमा आगलागी : कम्तीमा १ सयको मृत्यु
-
१९औं एसियाली खेलकुद : मंगोलियामाथि नेपालको सानदार जित
-
अपर तामाकोशीको हकप्रद सेयरमा दरखास्त दिने समय थप
-
काठमाडौंको गैह्रीगाउँ हत्या प्रकरणकाे सीसीटीभीमा देखिएका व्यक्ति पक्राउ
-
नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्छ : राजेन्द्र लिङदेन
धेरै पटक पढिएका
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
कालिञ्चोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
-
पत्रकार शिवाकोटी सम्मानित
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति