टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण


नवराज शिवाकोटी
१८ भदौ २०८०, सोमवार
नवराज शिवाकोटी/चरिकोट, असार,९, दोलखा, दोलखाको दुगर्म भेग गौरिशंकर गाउँपालिका वडा नम्बर नौ को टासिनामका स्थानीयहरुलाई मौरीघार वितरण गरिएको छ । स्थानीयको आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले गौरिशंकर गाउँपालिका तथा हिमचुली कृषि तथा महिला समूहको लागत साझेदारीमा मौरीघार वितरण गरिएको हो ।
वडा नम्बर नौ स्थित टासिनामका स्थानीयहरुलाई गौरिशंकर गाउँपालिका तथा टासिनाममा रहेको हिमचुली कृषि तथा महिला समूहको लागत साझेदारीमा हालै मौरिघार वितरण गरिएको गौरिशंकर गाउँपालिका वडा नम्बर नौ का वडाध्यक्ष ङिमागेली शेर्पाले जानकारी दिनुभयो । स्थानीयहरुलाई जम्मा ९६ वटा मौरीघार वितरण गरिएको अध्यक्ष शेर्पाको भनाई रहेको छ ।
सेरेना जातको मौरी सहितको मौरीघार वितरण गर्दा कुल ७ लाख खर्च भएकोमा गौरिशंकर गाउँपालिकाबाट ३ लाख पचार हजार तथा हिमचुली कृषि तथा महिला समूहले ३ लाख पचासहजार रुपैयाँ ब्यहोरेको समूहकी अध्यक्ष तोषिमाया तामाङको भनाई रहेको छ । मौरिघारको वितरणले स्थानीयहरुको आयआर्जनमा सकारात्मक प्रभाव पार्ने अध्यक्ष तामाङको आशा छ । मौरी घार पाएबाट आफूहरु खुशी भएको स्थानीय दिलकुमारी तामाङले बताउनुभयो । वडाले पहलगरी अनुदानमा मौरीघार उपलब्ध गराएकोमा विशेषगरी महिलाको आमदानी बढाउन यसले मद्दात गर्ने उहाँको भनाई रहेको छ ।
सम्बन्धित समाचार
ताजा खबर
-
दोलखामा ४ किलो तस्करीको सुन सहित ३ जना पक्राउ
-
इराकको विवाह समारोहमा आगलागी : कम्तीमा १ सयको मृत्यु
-
१९औं एसियाली खेलकुद : मंगोलियामाथि नेपालको सानदार जित
-
अपर तामाकोशीको हकप्रद सेयरमा दरखास्त दिने समय थप
-
काठमाडौंको गैह्रीगाउँ हत्या प्रकरणकाे सीसीटीभीमा देखिएका व्यक्ति पक्राउ
-
नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्छ : राजेन्द्र लिङदेन
धेरै पटक पढिएका
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
कालिञ्चोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
-
पत्रकार शिवाकोटी सम्मानित
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति