२३ मंसिर २०८१, आइतवार

8th, December 2024, Sunday

Aaawajonline.com
राजनीति

गृहमन्त्रीलाई गगनको प्रश्न : कोही जलाइदिन्छु भन्छ कोही धम्की दिन्छ, अब एक्लै हिँड्न नमिल्ने हो ?

२१ भदौ २०८०, बिहिवार आवाज संवाददाता
आवाज संवाददाता

२१ भदौ २०८०, बिहिवार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै विरोध जनाएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर महामन्त्री गगन थापाले विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धान गर्ने सरकारलाई आग्रह गरेका हुन् ।

 

उनले भने, ‘सन्काले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिँदैछ । नेपाल कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहनछु । या विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धान होस् ।

 

उनले अघि थप्दै भने, ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु  के अब हामीले काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो रु कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ । हामी एक्लै हिंड्न हुने हो कि नहुने हो ?’  पूर्व मन्त्रीमाथि भएको आक्रमणबारे प्रधानमन्त्री र गृहमन्त्री बोल्नुपर्ने उनको भनाई थियो ।