‘चीन भ्रमणमा प्रधानमन्त्रीले तेल र रेल ल्याउन पहल गर्नुपर्छ’


आवाज संवाददाता
२१ भदौ २०८०, बिहिवार
काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदार्थ र रेल नेपालमा ल्याउने कुरामा विशेष पहल गर्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर सांसद पन्तले जलाशययुक्त विद्युत आयोजनामा लगानी भित्र्याउन पनि चीनसँग आग्रह गर्न प्रधानमन्त्री दाहाललाई सुझाव छ । उनले ट्रान्समिशन लाइन निर्माणको काममा पनि जोड दिन सरकारलाई सचेत गराए ।
सांसद पन्तले भने, ‘ट्रान्समिशन लाइनहरु निर्माण गर्ने कुरामा जोड दिइयोस् । र, केही महत्वपूर्ण जलाशायसँग सम्बन्धित योजनाहरुमा कुलेखानीबाहेक सबै हाम्रा रन अफ दी रिभर प्रोजेक्टहरू छन् । त्यसले हिउँदमा हामीलाई विद्युत पुग्दैन ।’
भारततिर संकेत गर्दै नाकाबन्दीको मारबाट राष्ट्रलाई मुक्त गराउन पनि प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणमा पेट्रोलियम पदा र्थ र रेल ल्याउने कुरालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका हुन्।
सांसद पन्तले नेपाल अझै पनि विद्युतमा आत्मनिर्भर नभएको उल्लेख गर्दै त्यसमा आत्मनिर्भर बनाउन सरकारले जलाशाययुक्त आयोजनाहरुको निर्माणमा ध्यान दिनुपर्ने बताए ।
सम्बन्धित समाचार
ताजा खबर
-
दोलखामा ४ किलो तस्करीको सुन सहित ३ जना पक्राउ
-
इराकको विवाह समारोहमा आगलागी : कम्तीमा १ सयको मृत्यु
-
१९औं एसियाली खेलकुद : मंगोलियामाथि नेपालको सानदार जित
-
अपर तामाकोशीको हकप्रद सेयरमा दरखास्त दिने समय थप
-
काठमाडौंको गैह्रीगाउँ हत्या प्रकरणकाे सीसीटीभीमा देखिएका व्यक्ति पक्राउ
-
नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्छ : राजेन्द्र लिङदेन
धेरै पटक पढिएका
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
कालिञ्चोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
-
पत्रकार शिवाकोटी सम्मानित
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति