१३ असोज २०८०, शनिवार

30th, September 2023, Saturday

Aaawajonline.com
आर्थिक खबर

२८.९२ अंकले घट्यो नेप्से, एक अर्ब १५ करोडकाे काराेबार

२१ भदौ २०८०, बिहिवार आवाज संवाददाता
आवाज संवाददाता

२१ भदौ २०८०, बिहिवार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से घटेको छ । आज नेप्से परिसूचक २८.९२ अंकले घटेर १९ सय ३२.४५ बिन्दुमा कायम भएको छ ।

 

बिहीबार नेप्सेमा दुई सय ७६ वटा कम्पनीको ३२ हजार एक सय ३९ पटकको कारोबारमा ३७ लाख ६९ हजार ३३ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब १५ करोड नौ लाख २० हजार ६ सय सात रुपैयाँ ६० पैसा पुगेको छ ।

 

नेप्सेमा आज १३ वटा समूहको सेयर कारोबार भएकोमा सबै समूहको सेयर घटेर नेप्से रातै भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक १३.४९ अंकले घटेर १२ सय ३७.२७ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ४४.२५ अंकले घटेर तीन हजार ६ सय ४५.४५ अंकमा झरेको छ ।

 

फाइनान्स समूहको सूचक १९.३० अंकले घटेर १६ सय ३३.१९ अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक ५०.३९ अंकले घटेर १९ सय ४३ दशमलव शुन्य चार अंकमा झरेको छ ।