कोरोना भाइरसविरुद्धको खोप अभियान पुनः सञ्चालन


आवाज संवाददाता
२१ भदौ २०८०, बिहिवार
काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले कोरोना भाइरसविरुद्धको बुस्टर डोज धेरै मानिसहरुले लगाउन छुटेका कारण पुनः खोप अभियान सञ्चालन गर्ने भएको छ । कार्यालयले स्थानीय तहसँगको छलफलपछि यही भदौ २५ देखि ३० गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
यसअघि ‘बुस्टर डोज’ लगाउन छुटेकाले लगाउन बाँकी रहेकाले यही भदौ ५ देखि भदौ ११ गतेसम्म सञ्चालन गरिएको थियो । अहिले पनि अभियानका क्रममा खोप लगाउन छुटेका १२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो मात्राको साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज लगाइनेछ ।
कार्यालय बुस्टर डोज लगाउन छुट भएकालाई वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पतालबाट खोप लगाउन आग्रह गरेको छ ।
ताजा खबर
-
दोलखामा ४ किलो तस्करीको सुन सहित ३ जना पक्राउ
-
इराकको विवाह समारोहमा आगलागी : कम्तीमा १ सयको मृत्यु
-
१९औं एसियाली खेलकुद : मंगोलियामाथि नेपालको सानदार जित
-
अपर तामाकोशीको हकप्रद सेयरमा दरखास्त दिने समय थप
-
काठमाडौंको गैह्रीगाउँ हत्या प्रकरणकाे सीसीटीभीमा देखिएका व्यक्ति पक्राउ
-
नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्छ : राजेन्द्र लिङदेन
धेरै पटक पढिएका
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
कालिञ्चोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
-
पत्रकार शिवाकोटी सम्मानित
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति