सातै प्रदेशका अस्पतालमा भदौ २७ गतेदेखि एचपीभी खोप लगाइने


आवाज संवाददाता
२१ भदौ २०८०, बिहिवार
काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप सातै प्रदेशका अस्पतालबाट लगाउन सुरु गर्ने भएको छ । भदौ २७ गतेदेखि एचपीभी खोप सातवटै प्रदेशका संघीय अस्पतालबाट १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेशको परोपकार प्रसूति अस्पताल, कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको नारायणी अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा २० हजार भाइल खोप दामासायी (बराबर) तरिकाले वितरण गरिएको छ ।
पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप ६ महिनाको अन्तरमा दुई पटक लगाउनुपर्ने परिवार कल्याण महाशाखाले जनाएको छ । मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले पाइलटिङका रुपमा एकै ठाउँबाट एचपीभी खोप नदिएर सात वटै प्रदेशका अस्पतालबाट दिन लागिएको हो । अर्को वर्ष गाभीबाट एचपीभी खोप आउने भएकाले अहिले परीक्षणका रुपमा अर्थात् डेमोस्ट्रेसनका रुपमा सञ्चालन गरिएको हो ।’
सरकारले चीनबाट २० हजार भाइल एचपीभी खोप दुई महिना अघि खरिद गरेको थियो । यो खोप विश्व स्वस्थ्य संगठन (डब्ल्यूएचओ)को मान्यता प्राप्त खोप हो । गाभीले नेपालको पत्रलाई सकारात्मक रुपमा लिएको छ । नेपालमा याे खोप लगाउने उमेर समूह अर्थात् १० देखि १४ वर्षका करिब १६ लाख ५० हजार बालिका छन् ।
ताजा खबर
-
दोलखामा ४ किलो तस्करीको सुन सहित ३ जना पक्राउ
-
इराकको विवाह समारोहमा आगलागी : कम्तीमा १ सयको मृत्यु
-
१९औं एसियाली खेलकुद : मंगोलियामाथि नेपालको सानदार जित
-
अपर तामाकोशीको हकप्रद सेयरमा दरखास्त दिने समय थप
-
काठमाडौंको गैह्रीगाउँ हत्या प्रकरणकाे सीसीटीभीमा देखिएका व्यक्ति पक्राउ
-
नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्छ : राजेन्द्र लिङदेन
धेरै पटक पढिएका
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
कालिञ्चोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
-
पत्रकार शिवाकोटी सम्मानित
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति