१५ चैत २०८१, शुक्रवार

28th, March 2025, Friday

Aaawajonline.com

उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति

२१ भदौ २०८०, बिहिवार आवाज संवाददाता
आवाज संवाददाता

२१ भदौ २०८०, बिहिवार

काठमाडौं । मकवानपुर थाहा नगरपालिका-१० की पाँच वर्षीया रेजिशा गोपालीको मृत्यु प्रकरण छानबिन गर्न कान्ति बाल अस्पतालले तीन सदस्यीय समिति गठन गरेको छ ।

 

स्वास्थ्य अवस्था गम्भीर भएकी रेजिशालाई आकस्मिक कक्षमा दुई घण्टा लाइनमा राखिएको र समयमै उपचार नपाउँदा मृत्यु भएको घटना सार्वजानिक भएसँगै अस्पतालले छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो ।

 

डा। प्रकाश जोशीको संयोजकत्वमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डमरु दाहाल सदस्य-सचिव भएको समितिलाई गत १८ गते सोमबार राति अस्पतालको आकस्मिक कक्षमा भएको घटनाको तथ्य पत्ता लगाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने कार्यभार दिइएको छ।

 

काठमाडौंको बाफल बस्ने रेजिशालाई उच्च ज्वरो आउने र बान्ता हुने भएपछि सोमबार अपराह्न ५ बजे कान्तिको आकस्मिक कक्ष लगिएको थियो । तर, समयमै उपचार नगर्दा उनको ज्यान आरोप आफन्तले बताएका छन् । साँझ ७ बजे उनको मृत्यु भएको थियो ।