अमेरिकी संसद् भवनमा दंगा फैलाउने मुख्य योजनाकारलाई २२ वर्षको जेल


आवाज संवाददाता
२१ भदौ २०८०, बिहिवार
सन् २०२१ मा अमेरिकी संसद् भवनमा दंगा फैलाएका मुख्य योजनाकार हेनरी एनरिके टारियोलाई २२ वर्षको जेल सजाय सुनाइएको छ। अमेरिकी इतिहासमा लोकतन्त्रविरुद्ध गरेको आक्रमणमा यति लामो सजाय दिइएको यो पहिलो पटक भएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन्। टारियोमाथि देशद्रोहको षड्यन्त्र, गृहयुद्ध फैलाउन खोजेको आरोपमा दोषी ठहराइएको बिबिसीले जनाएको छ।
३९ वर्षीय टारियो दंगाका बेला वाशिंगटनमा थिएनन्, तर उनले अति दक्षिणपन्थी समूहको संलग्नतालाई व्यवस्थित गर्न मद्दत गरेको आरेप छ। उक्त आरोपमा हालसम्म ११ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ।
टारियोले मुद्दाको सुनुवाइको क्रममा सुरक्षाकर्मी र वाशिङटन डीसीका बासिन्दासँग भावुक भई माफी समेत मागेका थिए। तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले जो बाइडेनको चुनावी विजयलाई अस्विकार गर्दै प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो।
सम्बन्धित समाचार
ताजा खबर
-
दोलखामा ४ किलो तस्करीको सुन सहित ३ जना पक्राउ
-
इराकको विवाह समारोहमा आगलागी : कम्तीमा १ सयको मृत्यु
-
१९औं एसियाली खेलकुद : मंगोलियामाथि नेपालको सानदार जित
-
अपर तामाकोशीको हकप्रद सेयरमा दरखास्त दिने समय थप
-
काठमाडौंको गैह्रीगाउँ हत्या प्रकरणकाे सीसीटीभीमा देखिएका व्यक्ति पक्राउ
-
नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्छ : राजेन्द्र लिङदेन
धेरै पटक पढिएका
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
कालिञ्चोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
-
पत्रकार शिवाकोटी सम्मानित
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति