आलोचनापछि कान्तिपुरले युट्युवबाट हटायो ‘ह्वाट द फ्लप’को विवादित श्रृखला


आवाज संवाददाता
२१ भदौ २०८०, बिहिवार
असार २५– बलात्कारको विषय मजाक बनाएको भन्दै आलोचना भएको टेलिभिजन कार्यक्रम ‘ह्वाट द फ्लप’ युट्युबबाट हटेको छ । प्रसारण संस्था कान्तिपुर टेलिभिजनले उक्त कन्टेन्ट युट्युवबाट फिर्ता लिएको जनाएको छ ।
‘गत शनिबार प्रसारित ‘ह्वाट द फ्लप’मा छानिएका पात्र र गरिएको संवादबारे जनस्तरबाट प्राप्त प्रतिक्रियालाई कान्तिपुर टेलिभिजनले सम्मान गर्दछ । महिलाको प्रतिष्ठा र सम्मान कान्तिपुरको आधारभूत प्रतिबद्धताको साथै एजेन्डा पनि हो । त्यसैले यो कार्यक्रमको कन्टेन्ट युट्युबबाट फिर्ता गरिएको छ’ कान्तिपुरले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।
गत शनिबार प्रसारित कार्यक्रम ‘ह्वाट द फ्लप’ नाबालिग बलात्कारको आरोपमा जिल्ला र उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहलाई प्रस्तोता सन्दीप क्षेत्री अतिथिको रुपमा बोलाएका थिए । कार्यक्रममा उनले जेल पर्दाको अनुभव सुनाइरहँदा क्षेत्रीले त्यसलाई मजाक बनाउँदै हाँसेका थिए । बलात्कारजस्तो संवेदनशील विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाकको विषय बनाइएको कार्यक्रम, टेलिभिजन र प्रस्तोताको अहिले व्यापक आलोचना भइरहेको छ ।
ताजा खबर
-
दोलखामा ४ किलो तस्करीको सुन सहित ३ जना पक्राउ
-
इराकको विवाह समारोहमा आगलागी : कम्तीमा १ सयको मृत्यु
-
१९औं एसियाली खेलकुद : मंगोलियामाथि नेपालको सानदार जित
-
अपर तामाकोशीको हकप्रद सेयरमा दरखास्त दिने समय थप
-
काठमाडौंको गैह्रीगाउँ हत्या प्रकरणकाे सीसीटीभीमा देखिएका व्यक्ति पक्राउ
-
नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्छ : राजेन्द्र लिङदेन
धेरै पटक पढिएका
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
कालिञ्चोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
-
पत्रकार शिवाकोटी सम्मानित
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति