१३ असोज २०८०, शनिवार

30th, September 2023, Saturday

Aaawajonline.com

पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार

२१ भदौ २०८०, बिहिवार आवाज संवाददाता
आवाज संवाददाता

२१ भदौ २०८०, बिहिवार

साउन ५– चार महिला पात्रको प्रेमकथामा आधारित चलचित्र ‘जुलेबी’ भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले पोस्टर सार्वजनिक गरेको छ ।

पोस्टर चलचित्रका धेरै कलाकार अटाएका छन् । चलचित्रको पोष्टर सार्वजनिकसँगै प्रचार प्रसारको कार्य पनि अघि बढेको निर्माता आभा शर्माले बताइन्।

चलचित्रको शीर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापा छन् । चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको पनि अभिनय छ। एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले बताए ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । यसअघि उनले मञ्जरी, गाजा बाजा फिल्मको निर्देशन गरेका थिए ।

विवेक खड्काको छायांकन,अन्जय खड्काको सम्पादन रहेको चलचित्रको वितरण जिम्मा डिसीएनले लिएको छ ।